समाचार

दाङ प्रहरी प्रमुखमा पहिलो पटक महिला

By थाहा अनलाइन

August 01, 2017

सैघाली खबर दाङ,१७ साउन । दाङ प्रहरी प्रमुखमा पहिलो पटक महिलाले नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । । गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा दुर्गा सिंह चन्दलाई सरुवा गरि पठाएको छ ।

 

प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेल काठमाडौंमा कार्यरत चन्द एक दुई दिनमै दाङ आउने जिल्ला प्रहरी कार्यालयका निर्वतमान प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो ।

सिंह एसपीबाट एसएसपीमा बढुवा भएपछि भोली बुधवार काठमाडौं जान लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।