‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुरले साताव्यापी कार्यक्रम गर्ने



सैघाली खबर

दाङ ,साउन १८

तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको ग्रीन तुलसीपुर,क्लिन तुलसीपुरले साता व्यापी कार्यक्रमका साथमा सरसफाइ सम्वन्धि सचेतना कार्यक्रम गर्ने भएको छ । ५० औ हप्ताको उत्साहपुर्ण सफलतासँगै संघले सरसफाइ सम्वन्धि विभिन्न कार्यक्रम गर्न लागेको हो ।
तुलसीपुरमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर संघले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । अभियानका संयोजक विमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा साताभरि वृक्षारोपन, अन्र्तक्रिया, वहस, चित्रकला, वक्तृत्वकला
लगायतका कार्यक्रमहरु गर्ने वताइएको हो ।


कार्यक्रममा वोल्दै प्र्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले अभियानलाई उपमहानगरका हरेक वडामा लैजाने वताउनु भएको थियो । उहाँले तुलसीपुरलाई सफा र हराभरा राख्ने अभियानमा सवैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रमका सयोजक रिजालले अभियानका
क्रममा तुलसीपुर उपमहानगरपालिका भरि १ हजार विरुवा लगाउने,वजार क्षेत्रको सडकको पुर्ण व्यवस्थापन गर्ने ,सडकमा फोहोर फाल्ने ठुलो भाडोको व्यवस्थापन गरिने ,सरसफाईका वारेमा सचेतना प्रदान गरिने ,अभियानलाई तुलसीपुर उपमहानगरका वडा भरिमा विस्तार गरिने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पुर्व सांसद कुवेर वली, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, नेपाली काग्रेसका सुरेन्द्र्र खडका, नेकपा एमालेमा देवराज विक,राप्रपाका लालवहादुर केसी, जनमुक्ति पाटीकी लिला पुन, जनजागरण पाटीका टोपवहादुर महतरा, संघिय समाजवादी पाटीका शरण थारु, राप्ती ववई क्याम्पसका
अध्यक्ष गोपिनाथ योगी, अधिवक्ता रामशरण चौधरी, चिरन्जीवि रिजाल, यमुना शाह पत्रकारहरु विमल गौतम, लक्ष्मण वस्नेत, नारायण भण्डारी लगायतले कार्यक्रमका वारेमा सल्लाह र सुझाव दिनुभएको छ । साताव्यापी कार्यक्रमका वारेमा पत्रकार वसन्त विवश आचार्यले जानकारी गराउनुभएको थियो । संघका महासचिव रुपवहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष विर वहादुर रावतले धन्यवाद ज्ञापन
गर्नुभएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्