पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै



सैघाली खबर
काठमाडौं साउन, १८

पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जादै हुनुहुन्छ । मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका पूर्व राजा शाह परिवारसहित थाइल्याण्ड जान लाग्नु भएको हो । यही साउन ४ गते उहाँ मुटुको उपचार गराउन नर्भिक भर्ना हुनु भएको थियो । उहाँ आज थप उपचारका लागि थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने उहाँको सचिवालयले जनाएको छ । उहाँको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू पनि रहनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्