तेस्रो चरणमा कांग्रेसको रणनीति



परशु घिमिरे

मुलुकका ७ सय ४४ पालिकामध्ये वैशाख ३१ गते पहिलो र असार १४ गते दोस्रो चरणमा गरी प्रदेश १, ३, ४, ५, ६ र ७ अन्तर्गतका ६ सय १७ पालिकाको निर्वाचन सम्पन्न भइसकेको छ । अब तेस्रो चरणमा प्रदेश २ अन्तर्गतका १ सय २७ पालिकाको निर्वाचन आगामी असोज २ गते हुँदैछ । संविधान संशोधन गर्नुपर्ने मधेसी दलको सर्त पूरा नभएका कारण तेस्रो चरणको निर्वाचन कुन रूपमा हुन्छ ? यसै भन्न सकिने अवस्था भने छैन ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा ५० भन्दा बढी पालिका जितेर एमाले पहिलो पार्टी बनेको छ । एमालेले नेपाली कांग्रेसभन्दा पहिलो चरणमा २० बढी पालिका र दोस्रो चरणमा २९ बढी पालिका जितेको छ । ४९ को अन्तर भनेको खासै ठूलो होइन । स्थानीय निर्वाचनमा कुन पार्टी ठूलो बन्यो ? भन्ने अन्तिम टुंगो भने तेस्रो चरणको निर्वाचनपछि मात्रै लाग्नेछ ।  एमालेसँगको ४९ सिटको यो अन्तरलाई तेस्रो चरणको निर्वाचनबाट नेपाली कांग्रेसले पूर्ति गर्ने सम्भावना पनि त्यति नै छ । प्रदेश २ का १ सय २७ मध्ये करिब ७५ प्रतिशत पालिका नेपाली कांग्रेसका आधार क्षेत्रहरू हुन् । नेपाली कांग्रेस स्थापना भएदेखि नै केही अपवादलाई छाडेर मधेसी समुदायले नेपाली कांग्रेसलाई सधैं साथ दिँदै आएको छ । नेपाली कांग्रेस पार्टी मुलुकका निर्वाचनमा प्रायः पहिलो हुँदै आउनुको मुख्य कारण मधेसी समुदायको भोट बैंक नै हो । मधेसी बाहुल्य पालिकाहरूमा निर्वाचन हुन बाँकी रहेका कारण अझै पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना  जीवितै छ ।
तराईका २० मध्ये पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका ११ जिल्लाको मत परिणामलाई विश्लेषण गर्ने हो भने तेस्रो चरणमा निर्वाचन हुने आठ जिल्लामा पनि नेपाली कांग्रेसको अवस्थामा सुधार आउने अपेक्षा गर्न सकिने ठाउँ कमजोर नै छ । प्रदेश ५ का पहाडी बाहुल्य क्षेत्रमा एमालेको वर्चश्व हुने पूर्वानुमानका साथ नेपाली कांग्रेसले केही पालिकामा माओवादी या अन्य पार्टीसँग चुनावी तालमेल गरेको थियो । प्रदेश ५ का पहाडी जिल्लालाई झिकेर प्रदेश ४ मा समाहित गर्ने गरी कांग्रेसको अगुवाइमा संविधान संशोधन मस्यौदा तय भएपछि त्यस क्षेत्रको पहाडी समुदाय आन्दोलित भएको थियो । प्रदेश ५ लाई टुक्र्याउन नदिने माग गर्दै भएको उक्त आन्दोलनमा पहाडी समुदायको निकै ठूलो जनउभार देखिएको थियो । यो आन्दोलनको लाभ एमालेले लिनु स्वाभाविकै थियो । यसका बाबजुद प्रदेश ५ को पहाडी बाहुल्य क्षेत्रमा नेपाली कांग्रेसको अवस्था एमालेको तुलनामा खासै खस्केको देखिएन ।

 

जुन समुदायलाई मूलधारमा ल्याउने एजेन्डा नेपाली कांग्रेसले अघि सार्दा एमालेले हलो अड्काएको छ, त्यही समुदायले चुनावमा एमालेलाई साथ दिने अवस्था कसरी सिर्जना भयो ? नेपाली कांग्रेसका लागि यक्ष प्रश्न भनेको यही नै हो ।

तर आन्दोलन नै नभएको मधेसी बाहुल्य क्षेत्रमा भने एमालेले नेपाली कांग्रेसलाई पछि धकेलेको छ । प्रदेश ५ बाट पहाडी जिल्ला अलग गर्ने नपाली कांग्रेसको प्रयासलाई मधेसी जनताले साथ दिने र यो प्रयासको विरोध गर्ने एमालेलाई मधेसी जनताले तरस्कार गर्ने अनुमान गरिएको थियो । प्रदेश ५ को मधेसी क्षेत्रमा एमालेको संगठन नेपाली कांग्रेसको तुलनामा निकै कमजोर मानिन्थ्योे । तर चुनावी परिणाम त्यसको उल्टो भयो । प्रदेश ५ को मधेसी बाहुल्य क्षेत्रमा नेपाली कांग्रेसको निकै कमजोर देखियो । एमालेले भने मधेसी बाहुल्य केही पालिकामा सम्मानजनक जित हासिल ग¥यो । उदहारणका लागि नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता गाउँपालिकामा करिब ८० प्रतिशत मधेसी समुदायको बसोवास छ । यो गाउँपालिकामा एमालेका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारभन्दा ६ सय मत बढी ल्याएर चुनाव जिते । जबकि त्रिवेणी सुस्ता गाउँपालिकामा एमालेको खासै संगठन थिएन बरु पछिल्लो समय माओवादीको संगठन नेपाली कांग्रेसको पछिपछि बन्दै गएको थियो ।
रूपन्देही जिल्लाका १६ मध्ये आठ वटा मधेसी बाहुल्य पालिका हुन् । मधेसी बाहुल्य आठ पालिकामध्ये एमालेले तीनवटा पालिकामा चुनाव जित्यो भने नेपाली कांग्रेसले एउटामा मात्रै चित्त बुझाउनुप¥यो । सिद्धार्थनगर ( भैरहवा) नगरपालिकामा मधेसी समुदायको बाहुल्यता करिब ६० प्रतिशत छ । एमालेले पहाडी समुदायबाट मेयर पदमा उम्मेदवार बनाएको थियो भने नेपाली कांग्रेसले मधेसी समुदायबाट । तर एमालेका उम्मेदवारले आठ सय मतअन्तरमा चुनाव जिते । पहाडिया समुदायको बाहुल्यता रहेका वडाहरूमा नेपाली कांग्रेसले सम्मानजनक मत ल्यायो, तर मधेसी समुदायको ८० प्रतिशतभन्दा बढी बाहुल्यता रहेका वडाहरूमा भने एमालेले चुनाव जित्यो । मधेसी समुदायको मत नै एमालेका लागि चुनाव जित्न निर्णायक बन्यो ।
सिद्धार्थनगरको वडा नम्बर २, ३ र ५ जहाँ मधेसी समुदायको सरदर ७५ प्रतिशत बसोवास छ, यी वडाको मत परिणामलाई विश्लेषण गर्ने हो भने अब हुने तेस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी हुने अनुमान लगाउन कठिनाइ पर्दैन । वडा नम्बर २ मा ९० प्रतिशत मधेसी मतदाता छन् । यो वडामा एमालेले अध्यक्ष सहित पाँचैजना जिताएको छ । मधेसी मारवाडी र पहाडियाहरूको उस्तै उस्तै बसोवास रहेको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ५ मा वडाध्यक्षसहित तीनजना एमालेले जितेको छ । ९० प्रतिशत मधेसी मतदाता रहेको वडा नम्बर ८ मा एमालेका मेयर पदका उम्मेदवारले आठ सय मतले कांग्रेसका उम्मेदवारलाई उछिनेको देखन्छ । जबकि वडाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवारले एमालेलाई आठ सय मतअन्तरले जितेका थिए । नेपाली कांग्रेसका ती उम्मेदवार थिए राजनजंग राणा ।
पहाडिया समुदायका उम्मेदवारप्रति मधेसी समुदायको आर्कषण यस क्षेत्रमा अझै पनि कायम रहेको चुनावी परिणामले देखाउँछ । रूपेन्देही जिल्लाका मधेसी बाहुल्य गाउँपालिकामध्ये एमालेले सियारीमा ६ सय र शुद्धोधनमा तीन सय मतअन्तरले नेपाली कांग्रेसलाई पछि पार्दै चुनाव जितेको छ ।
बाँके जिल्लामा पनि मधेसी बाहुल केही गाउँपालिकामा एमालेले नै चुनाव जितेको छ । उदाहरणका लागि जानकीमा ६८ र खजुरामा १५ सय मतले नेपाली कांग्रेसलाई पछि पार्दै एमालेले चुनाव जितेको छ । प्रदेश ५ का मधेसी तथा थारु बाहुल क्षेत्रमा एमालेले नेपाली कांग्रेसलाई धेरै पछि पारेको चुनावी परिणामले देखाएको छ ।
जुन समुदायलाई मूलधारमा ल्याउने एजेन्डा नेपाली कांग्रेसले अघि सार्दा एमालेले हलो अड्काएको छ, त्यही समुदायले चुनावमा एमालेलाई साथ दिने अवस्था कसरी सिर्जना भयो ? नेपाली कांग्रेसका लागि यक्ष प्रश्न भनेको यही नै हो । उम्मेदवारको छनोट र चुनावी व्यवस्थापनको कमजोरीले नै यो परिणाम आएको हो भन्ने कुरा बेलैमा बुझ्यो भने तेस्रो चरणको निर्वाचन परिणाम नेपाली कांग्रेसको पक्षमा रहने सम्भावना पनि जीवितै छ । चुनावी विजय र पराजयमा ५० प्रतिशत कारण पार्टी संगठन नै हो, तर करिब ३० प्रतिशत कारण उम्मेदवारको छनोट तथा व्यवस्थापन पनि हो । उम्मेदवारको छनोट तथा व्यवस्थापनमा ध्यान पु¥याउन सकियो भने पार्टी संगठन कमजोर भए पनि चुनाव जित्न सकिन्छ भन्ने कुराको उदाहरण नेपाली कांग्रेसको हकमा निकै धेरै छ ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसले किन जित्यो ? र, बनेपामा किन हा¥यो ? कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा नेपाली कांग्रेसले किन चुनाव जित्यो र नवलपरासीको गैंडाकोटमा किन हा¥यो ? यी प्रश्नहरूको सही उत्तर पत्ता लगाएर त्यहीअनुसार रणनीति बनाएन भने नेपाली कांग्रेसले प्रदेश २ का मधेसी बाहुल्य क्षेत्रमा पनि प्रदेश ५ का त्रिवेणी सुस्ता, सिद्धार्थनगर, सियारी, शुद्धोधन, जानकी खजुरालगायतका पालिकाहरूको जस्तै अवस्था भोग्नुपर्ने छ । यदि सही उत्तर पत्ता लगाएर त्यहीअनुसार रणनीति बनायो भने नेपाली कांग्रेसले  कपिलवस्तुको वाणगंगा र काभ्रेको पाँचखालमा जस्तै प्रदेश २ का चन्द्रपुर, हरिऔन, लालबन्दी, बर्दिवास, सिमारालगायतका पालिकाहरूमा पनि आफ्नो पक्षमा नतिजा ल्याउन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्