यौन शक्तिवर्धक खाने कुराहरु



आम पुरुषहरुमा जीवनको कुनै क्षणमा यौन शक्तिमा कमी आउँछ जुन स्वाभाविक हो । तर प्राय सबै अवस्थामा यौन शक्तिको कमीको महसुस गर्नु समस्या हो । पुरुषमा हुने यौन शक्तिको कमीको कारणले धेरैको घरपरिवार वर्वाद भएको धेरै उदाहरण छन् । खास गरी हाम्रो जस्तो समाज जहाँ सेक्सलाई अझै वर्जित मानिन्छ र खुलेर कुरा गरिदैन । यस्तो ठाउँमा त झनै यो समस्या समाधान बिहिन हुन पुग्छ ।

हाल आएर सहरी क्षेत्रमा यसको समाधान सुरुवात भए पनि गाउँघरमा अझै पनि जस्ताको तस्तै छ । तर यहाँ चर्चा गर्न लागिएको कुरा चाहिँ औषधी वा अन्य कुनै वस्तु प्रयोग गरेर यौन शक्ति बढाउने भन्दा पनि फलफूल वा अन्य खाद्य पदार्थ प्रयोग गरेर कसरी बढाउन सकिन्छ भन्ने हो ।

सेक्स एक प्रकारको एक्सरसाइज हो जुन तपाईलाई फिट राख्न तथा रोगप्रतिरोधाक क्षमता बढाउन, तनाव कम गर्न, मुटु रोगबाट टाढा राख्न र प्रजनन क्षमता बढाउन मद्दत गर्दछ । यौन शक्तिवर्धक खाने कुराहरुमा त्यो आहार र व्यायाम पाइन्छ जुन तपाईलाई स्वस्थ र यौनमा सक्रिय बनाइराख्दछ । फलफूलको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदा जनक त छदैछ यसले यौन शक्ति पनि बढाउँछ भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ ।

राम्रो सेक्स लाइफको लागि तपाईले खाने भोजनमा प्रयोग गरिने मसलाको पनि उपयोग हुन्छ । यस्तो मसला जो कामोत्तेजक नसलाको रुपमा चिनिन्छ । यसलाई खाएर तपाई आफ्नो यौन इच्छालाई  बढाउन सकिन्छ । यदि तपाईलाई लाग्छ कि तपाई आफ्नो पार्टनरलाई यौन सुख दिन सक्नु हुन्न बने यो सेक्स डाइटको प्रयोग गर्नुहोस् र आफ्नो सेक्स लाइफलाई राम्रो बनाउनुहोस् ।

आउनुस् जानौँ कस्ता कस्ता खाद्य पदार्थले यौन शक्ति बढाउँछ सो बारे जानौँ ।

१) स्ट्रोबेरी :
स्ट्रोबेरी न केवल मुटुको लागि मात्र राम्रो हुन्छ यो यौन वर्धक पनि हुन्छ । यसले तपाईको यौन उत्तेजना वृद्धि गर्न मद्दत गर्दछ ।

२) पालुङ्गोको साग
पालुङ्गोको सागले तपाईको सेक्सलाई सुधार्ने काम गर्छ । यसमा भिटामीन, प्रोटीन र मिनरल्स पाइन्छ ।

३) कुरिलो
तपाई यसलाई उमालेर खान सक्नु हुन्छ । यसले तपाईको सेक्स उत्तेजनालाई बढाउन मद्दत गर्दछ ।

४) रेड वाइन
रेड वाइन र चीज एक साथ खानाले तपाईको सेक्स लाइफ बढ्दछ ।

५) चक्लेट
चक्लेटलाई सेक्स उत्प्रेरकको रुपमा चिनिन्छ । चक्लेटमा यस्तो तत्व पाइन्छ जुन मस्तिष्कबाट लव हार्मोनलाई बढाउँछ । प्राय गाढा चक्लेटले सेक्स इच्छालाई जगृत गराउँछ ।

६) अलैंचीले
अलैंचीले कामोत्तेजना बढाउने मात्र नभइ पूर्ण रुपबाट नपुंसकहरुलाई पनि फाइदा गर्दछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्