मुख्य समाचार

वाइसिएलको राष्ट्रिय सम्मेलन भदौमा, क–कस्को दावी के मा ?

By थाहा अनलाइन

August 02, 2017

सैघाली खवर काठमाडाँै १८ साउन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालको राष्ट्रिय सम्मेलन आगामी भदौ २ र ३ गते काठमाण्डौमा हुने भएको छ ।

माओवादी केन्द्रको केही दिनअघि बसेको सचिवालय बैठकले वाइसिएलको सम्मेलन गर्ने निर्णय गरे लगत्तै यसबेला वाइसिएल सम्मेलनको तयारीलाई तिब्रताका साथ जुटेको छ ।

सम्मेलन सफल पार्न नेबबहादुर कंवर (विवेक) को संयोजकत्वमा प्रतिवेदन लेखन समिति, रामप्रसाद सापकोटाको संयोजकत्वमा मुल व्यवस्थापन समिति, लिला शर्माको संयोजकत्वमा विधान लेखन समिति, शिव फुयाँलको संयोजकत्वमा प्रतिनिधी तथा प्रवेक्षक व्यवस्थापन समिति, सुवोधराज शेर्पाइलीको संयोजकत्वमा आर्थिक समिति र सविता ढुंगानाको संयोजकत्वमा स्वंसेवक परिचालन समिति गठन भएको वाइसिएल केन्द्रिय कर्यालय सदस्य सुवोधराज शेर्पाइलीले जानकारी दिनुभयो ।

क–कस्को कुन पदमा दावी ? राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा विभिन्न पदमा दावी गर्नेहरु पनि बढदै जान थालेका छन । अध्यक्षका लागि पूर्व बरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद चौलागाई र पूर्व महासचिव रामप्रसाद सापकोटाको दावी रहेको छ । यसैगरी महासचिवमा पूर्व कोषाध्यक्ष सुवोधराज शेर्पाईली, ३ नं. प्रदेश सहइन्चार्ज विरु तामाङ, ४ नं. प्रदेश संयोजक सुमन देवकोटा आकांक्षिका रुपमा देखिएका छन् ।

सम्मेलन नजिकिदै गर्दा आकांक्षिहरु देखिए पनि सर्वसहमतिको प्रयास भइरहेको शेर्पाईलीले जानकारी दिनु भयो । पहिलो प्रयास सर्वसहमतिको हुन्छ त्यसो भएन भने निर्वाचनवाट भए पनि नेतृत्व चएन हुन्छ उहाँले भन्नुभयो ।

कार्यक्षमता र लगनशिलतका आधारमा हेर्दा अध्यक्षमा रामप्रसाद सापकोटा र महासचिवमा सुवोधराज शेर्पाइली बलियो दावेदारका रुपमा मानिन्छन् ।,