दाङबाटै आयुर्वेदिक औषधी उत्पादन सम्भावना



जनक नेपाली

दाङ १८ साउन । ।नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डीले जडिबुटी उद्यान तयार गरी दाङबाटै आयुर्वेदिक औषधि उत्पादन गर्ने योजना अगाडि सारेको छ । सर्वसाधारणलाई आयुर्वेद पद्धतिद्धारा उपचार गर्ने उदेश्यका साथ स्थानिय स्तरवाटै कच्चा पर्दाथ उत्पादन गरी औषधि निर्माण गर्ने योजना विश्विद्यालयले अगाडी सारेको आयुर्वेद अध्यण संस्थान कार्यालयका डिन संजय पोख्रेलले जानकारी दिनुभयो ।
विश्वविद्यालयले आयुर्वेदिक विषयको एच.र वि. ए. एम. एस. को कक्षा सञ्चालन गरिरहेको बताउदै अहिले जनता मा.वि. विजौरीमा अस्थायी रुपमा पढाई भैरहेको बताउनु भयो । शिक्षण अस्पताल र जडिबुटी उद्यान निर्माणका लागी कार्र्यालय परिसरको एक सय ३१ विगाह क्षेत्रफलमा करिब २५ करोडको लागतमा भवन निर्माण भैसकेको बताउनु भयो ।
विश्वविद्यालयको गोवडिहामा ३४ विगाह १९ कठ १३ धुर , सतबरियामा १ सय ६८ विगाह ७ कठ १७ धुर , सतबरियामा १सय ३२ विगाह १२ कठ साढ्े १७ धुर गरी देउखरी क्षेत्रमा कुल १३सय ३६ विगाह साढे ७ धुर जमिन विश्व विद्यालय संग रहेको छ । देउखुरीको जमिन सवै किसानले भोग चलन गर्दे आएका छन् ।यसैगरी मानपुरको जिनुवागाउँ ,र मानपुर क्षेत्रमा गरी १सय ४० विगाह १२ कठ २ धुर, विजौरीको बर्लेनी , र दोकाने डाँडाँमा गरी १सय ८५ विगाह ११ कठ गरी दाङ देउखरीमा गरी कुल ३ सय २६ विगाह विश्वविद्यालय संग छ ।

उहाँले भन्नु भयो “किसान लाई मुअब्जा दिन्छु भन्दा पनी किसानले अहिले सम्म जग्गा फिर्ता गरेन्न् ’ देउखरी क्षेत्रको जमिनमा नाष्ट प्राध्यापक चिरिन्जिवि रेग्मीको संयोजकत्व तिन सदस्य समिति गठन गरी त्यहाको माटोको परिक्षण गरी आयुर्वेदिक औषधि उत्पादनका लागी पुदिनो खेति गर्ने योजना पनी अलपत्रमा परेको छ । राजनैतिक स्थिरताका कारण किसानले जग्गा कब्जा गरेपनी पटक–पटक दलले आग्रह गर्दा पनी जग्गा फिर्ता हुन सकेको छैन ।  विश्व विद्यालय मातहत रहेको वर्लेनी र जिनुवागाउँ प्लटमा बर्सेनी ३ लाखको दरले अष्ट्रिज चरा पाल्नका लागी एक निजि कम्पनी लाई ठेक्कामा दिएको भन्दै अहिले वर्षेनी मुस्कीले १० लाख जति आम्दानी हुने गरेको छ ।

उपचार सुरु गरिने
आयुर्वेद अध्यण संस्थान कार्यालयले अब बेलझण्डीमै आयुर्वेद पद्धतिबाट उपचार सुरु गर्ने भएको छ । बाहिर सेवा र अन्तरंग सेवा संचालन गर्ने भएको छ ।त्यसका लागि आबश्यक सबै जनशिक्ति तयारी अबस्था रहेको डिन प्रमुख पोखरेलले वताउनुभयो ।आयुर्वेद पद्धतिमा सर्वसाधारणलाई गर्ने उदेश्य सेवा सञ्चालन गर्ने थालेको उहाँको छ । हाल सामान्य रुपमा उपचार भैरहेको भन्दै अब दशैभन्दा अगाडी आबश्यक परे विरामीलाई भर्ना गरेर उपचार गर्ने तयारी रहेको समेत उहाँको भनाई । २४ करोड लागतमा भवन निर्माण भैसेको बताउँदै अबका केही दिनमै भवन हस्तान्तर गर्ने प्रकृयामा रहेको उहाँको भनाई छ ।

विद्यार्थीकमी
विश्वविद्यालयमा आयुर्वेदिक विषयको वि. ए. एम. एस.कक्षा सञ्चालन भएपनी अध्यण गर्ने विद्यार्थिको सख्या कमी छ पोख्रेलले भन्नुभयो । विद्यालयमा वाहुनको कर्मकान्ड विद्या हो भन्ने बुझाई आम जनमानसमा भएका कारण सख्या कमी भएको हो । अहिले विश्वविद्यालय मातहतमा सम्वन्ध प्राप्त पाँचवटा क्याम्पस र आङ्गिक १४ वटा रहेका छन् । जसमध्य पुर्वअञ्चलको सोलुखुम्वु र धरान , मध्यमाञ्चलको काठमान्डौ , जनकपुर र मटियानी यस्तै पश्चिमाञ्चलको पोखरा , तनहु गुल्मी , अर्घाखाचि , नवलपरासी मध्यपञ्चिममा दाङको वेलझुन्डि र सुदुरपश्चिमको महेन्द्र नगरमा क्याम्पस भएपनी सवैमा विद्यार्थीको सख्या कमी छ ।
यि सवै क्याम्पसमा साहित्य , न्यान , दर्शन ,धर्म , बेद गरी शास्त्रिय विषय अन्तरगत १८ वटा विषयमा पढाई हुदै आएको छ भने आधुनिक विषयमा नेपाली , अंगेजि गणित , अर्थशास्त्र , राजनैतिक शास्त्र , हिन्दी , मैथली भाषाको पढाई हुदै आएको छ । क्याम्पासमा पढ्न आउने विद्यार्थि लाई क्याम्पसले छात्रवासको ब्यवस्था छात्रवृद्धि दिदा पनी विद्यार्थि कममात्रामा भर्ना हुने गरेको पोख्रेल बताउनु भयो ।
क्यामपसमा भर्ना हुन आउने गैर दलितका लागी नौ सय र दलित विद्याथीका लागी मासिक १८ सय छात्रवृद्धि दिदै आएको छ । विश्व विद्यालयबाट पढेर वि ए ड गरी पछि अन्य क्याम्पासबाट पनी डिग्री गर्ने पाईने बुझाई जनस्तरले नबुझदा अप्ठेरो परेको उहाको भनाई छ । संस्कृत विश्वविद्यालय र सस्कृत भाषा सवैको साझा हो भन्ने नवुझदा् विद्यार्थीको सख्या घट्दै गएको उहाले बताउनु भयो ।
सस्कृत भाषा साहित्यको नेपालमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नहुदा सवै सस्कृतभाषा , धर्म ग्रन्थ ,पान्डुुुुुलीपी सवै विदेशी शक्तिहरुले लग्न खोजेको भन्दै नेपालको दक्ष जनशक्तिलाई खान बस्ने को ब्यवस्था गरी नेपालमै परिचालन गर्नु पर्ने भनाई छ । दक्षजनशक्ति विदेश पलायन भएको छ ।नेपालमा भएको सामान्य शक्तिले अनुसन्धान तथा नेपाली भाषा , धर्म ग्रन्थ तथा पान्डु लिपीको गहिरो अनुसन्धान गर्ने नसक्ने डीन संजय पोख्रेलले भनाई छ ।

बन्दको चपेटामा विश्वविद्यालय
पटक –पटक विश्विद्यालय राजनैतिक चपेटमा परी बन्द हुने गरेको छ । विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालयका पक्षमा भन्दा आफ्नो व्यतिगत स्वार्थमा लाग्ने भएका कारण विश्व विद्यालय तालावन्दिको चपेटामा पढ्दै आएको छ । अहिले पनी विश्वविद्यालयमा मेरो र म भएन बन्ने हरु विच लडाई जारी रहेको बताउनु भयो । यसै कारणले गर्दा विद्यालय विकास नभएरै खुचिनु पर्ने बाध्यता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्