एस.पी. धिरज प्रतावको सिंहको विदाई



 

सैघाली खबर
दाङ, १८ साउन दाङबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक धिजजप्रताप सिंहलाई विदाई गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र एक कार्यक्रमकाको आयोजना गरि विदाई गरिएको हो । दाङको आयोजनामा भएको विदाई कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागीता रहेको थियो ।विदाई कार्यक्रममा बोल्दै सिंहले दाङ विकाुसन्मुख जिल्ला भएको भन्दै विकाससँगै आर्थिक कारोबार धेरै हुने एवं बाक्लो बसाईसँगै अपराध पनि बढ्ने भएकाले अपराध हुनु स्वभाविक भएपनि घटना भईसकेपछि अपराधीहरुलाई समाउन प्रहरी प्रशासन सधै तत्पर रहेको बताउनुभयो । मान्छे बरु भोकै बस्न सक्छ, घर नभएपनि निदाउन सक्छ तर सुरक्षाविना मानिस एक पल पनि बस्न नसक्ने भएकाले सुरक्षा अत्यावश्यक विषय भएको हुदाँ प्रहरी प्रशासनलाई सधै सहयोग गर्न अनुरोध गर्नुभयो । आफू दाङ जिल्ला प्रमुख भएर काम गर्दा एकवर्षको समयमा सहयोग गर्ने सम्पूर्ण दंगालीहरु एवं संगठनका प्रहरीहरु लगायत सम्पूर्ण लाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सिंहले दाङमा रहदा गरेका कामहरुको प्रशंसा गरेका थिए । एकवर्षसम्म सिंहले आफ्नो कार्यकालमा सञ्चारमाध्यमहरुमा सुचना प्रवाह सहज रुपमा गरेकोमा धन्यवाद पनि दिनुभयो । दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले व्यापारीहरुलाई सहज रुपमा व्यापार गर्ने वातावरणदेखी जिल्लाको समग्र सुरक्षा व्यवस्थामा संवेदनशील भएर प्रशंसनिय कार्य गरेको भन्दै सम्पूर्ण जिल्लाका व्यापारीहरुको तर्फबाट धन्यवाद सहित सफलताको शुभकामना दिनुभयो ।त्यस अवसरमा सामुदायीक प्रहरी सेवा केन्द्रले प्रशंसा–पत्र, टिका, खाँदा र पुष्पगुच्छाले विदाई गरेको थियो । केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर।के।शीतलले गर्नुभएको थियो ।

यसैविच दाङबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले विदाई संगै प्रहरी वरिष्ठ उपरिक्षकमा वढुवा हुनु भएकोमा वधाई ज्ञापन गरिएको छ ।  एसपी सिंहलाई जिल्लामा कुशल कार्य सम्पदान सगै शान्तिशुरक्षामा महात्वपूर्ण सफलता प्रदान गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य वाणिज्य संघ , राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति , तुलसीपुर नगरविकास समिति, रिर्पोटर्स क्लव दाङ, महिला मानव अधिकार रक्षक संजाल दाङ, मानव अधिकार तथा शान्ति समाज दाङ, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर , रेडियो सन्जिवनी लगायतका सस्थाहरुले एसपी सिंहलाई संयुक्त रुपमा विदाई एवं वधाई ज्ञापन गरेका हुन ।
सो अवसरमा वोल्दै दाङ जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले समाजमा नागरिक प्रहरी वलियो भयो भने मात्रै लोकतन्त्र वलियो हुने वताउनु भएको थियो ।सिंहको केन्द्रिय अनुसन्धान ब्युरो  सिआईवी मा सरुवा भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्