जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट मुक्त गर्ने एमाले



सैघाली खबर
काठमाडौं साउन, १९

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट हटाउने भएको छ। दोहोरो भूमिकामा रहँदा पार्टीको र नागरिकका काम दुवै प्रभावकारी नहुने निष्कर्षसहित एमालेले जनप्रतिनिधिलाई स्थानीय तहमा नै केन्द्रित गर्न लागेको हो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजनक र सहसंयोजक भएकालाई पार्टी कार्यकारीको भूमिकाबाट हटाउने विषयमा शीर्ष नेतृत्वबीच सहमति भइसके पनि औपचारिक निर्णय हुन बाँकी छ। आगामी स्थायी समितिको बैठकमा निर्णय हुने नेताहरूको भनाइ छ। एमाले सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको प्रमुख्उपप्रमुख, अध्यक्ष्उपाध्यक्ष भइसकेका र पार्टीको समेत कार्यकारी जिम्मेवारीमा रहेका नेतालाई एउटा जिम्मेवारीमा रहनेगरी अर्कोबाट मुक्त गर्न लागेको बताए। ‘पार्टीका जिल्ला कायृकारी पदमा रहेका कतिपय कामरेडहरू स्थानीय तहको प्रमुख्उपप्रमुख, अध्यक्ष्उपाध्यक्ष निर्वाचित हुनुभएको छ। जनप्रतिनिधि भएकाले स्थानीय तह र पार्टी दुवैतर्फ काम गर्न असजिलो हुन्छु, ज्ञवालीले भने ‘स्थानीय तहलाई राम्रोसँग सञ्चालन गरी नागरिकका काम पूरा गर्नुपर्ने भएकाले उतै बढी समय दिनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्