सैघाली खबर
दाङ साउन, १९
बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी छन ।
पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन
पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।