मुख्य समाचार

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

By थाहा अनलाइन

August 03, 2017

सैघाली खबर दाङ साउन, १९

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी छन । पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।