दाङमा अन्र्तराष्ट्रिय युवा दिवस मनाईने



सैघाली खबर
दाङ, साउन ,१९


दाङमा अन्र्तराष्ट्रिय युवा दिवस मनाईने भएको छ । युवाको क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न निकायहरुको सयुुक्त पहलमा युवा दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईने भएको हो ।

अन्र्तराष्ट्रिय युवा दिवस अगष्ट १२ गते पर्छ । नेपाली पात्रो अनुसार साउन २८ गते परेको युवा दिवसमा पाँच दिन सम्म विभिन्न कार्यक्रम हुने भएका छन । साउन २४ गते बृक्षरोपण गर्ने, २५ गते घोराहीमा विभिन्न निकायहरु विच छलफल गर्ने २६ गते तुलसीपुरमा युवा निति २०७२ र युथ भिजन २०२५ को विषयमा अन्र्तक्रिया गर्ने, २७ गते देउखुरीको लमहीमा शान्ति स्थापनाका लागि युवा विषयक बकृत्वकला प्रतियोगिता गर्ने र युवा दिवस २८ गतेका दिन घोराहीमा युवा सभा गर्ने निर्णय भएको छ ।

जिल्ला युवा समितिको कार्यालयमा बसेको बैठकमा जिल्ला युवा सञ्जाल, सिसा नेपाल, युएनएफपिए, रेष्टलेस डेभलपमेन्ट, बागेश्वरी असलशासन क्लब लगाएतका विभिन्न निकायहरुको सहभागितामा बैठक बसेको थियो ।

समितिका अध्यक्ष शुरेस रावतको अध्यतामा बसेको बैठकले साजिदा सिद्धिकिलाई कार्यपत्र लेखनको जिम्मेवारी दिने निर्णय गरेको छ भने युवा सञ्जालका सदस्य तथा पत्रकार नवीन अभिलाषीलाई प्रचारप्रसारको जिम्मेवारी दिने निर्णय गरीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्