डा. केसी पक्षसँगको वार्ता अन्यौलमा, केसीको स्वाथ्य कमजोर बन्दै



सैघाली खबर
 काठमाडौं ,साउन १९

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा रहनु भएका डा गोविन्द केसीको स्वास्थ्य बिग्रीदै गएको छ । सरकारी वार्ता टोलीले केही विषयको माग पुरा गर्न नसकिने जनाएपछि डा केसी पक्षले वार्ता अस्वीकार गरेको छ । हिजो तय भएको छैटौं वार्ता पनि अघिल्ला जस्तै उपलब्धिविहीन हुने देखेपछि उनीहरूले बहिष्कार गरेको केसी पक्षले जनाएको छ । केसी पक्षीय वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंह आज पनि वार्ता गर्ने नगर्ने विषयमा सरकारी वार्ता टोलीमा भर पर्ने बताउनुभयो । ठोस प्रगतिको गृहकार्यसहित सरकारी वार्ता टोली आएमा मात्रै वार्तामा बस्ने केसी पक्षको अडान छ । अनशनरत डा. केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले पठनपाठन र बहिरंग सेवा बन्द गरेका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले आज थप छलफल गरेर आन्दोलनका कार्यक्रम ल्याउने जनाएको छ । शिक्षण अस्पतालमा करिब ३ सय ५० आवासीय चिकित्सक छन् । स्वास्थ्य शिक्षा र सेवामा सुधारको माग गर्दै डा. केसी ११ औं पटक आमरण अनशन बसिरहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्