राजपाको पदाधिकारी बैठक आज पनि बस्दै



सैघाली खबर
काठमाडौं साउन १९

राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज पनि बस्दैछ । बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा हिजोदेखि सुरु भएको पदाधिकारी बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरुले बोल्नु हुनेछ । हिजो बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जानुपर्ने राय राखेका छन् । हिजोको बैठकमा सन्तोषकुमार मेहता, सुरेन्द्र पटेल, रामआशिस गुप्ता, रितेशकुमार सिंह रंगीलाल लोढलगायत १५ जनाले बाल्नु भएको थियो । बैठकमा अध्यक्ष मंडलका संयोजक महन्त ठाकुरले संविधान संसोधन नभएसम्म चुनावमा जान नहुनेसहितको राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ । आज बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष ठाकुरको प्रतिवेदनमाथि छलफल हुनेछ । संविधानका पक्षमा ९० प्रतिशत सांसद रहेको दाबी गर्नेविरुद्ध संशोधनका पक्षमा सके दुईतिहाइ नभए बढीभन्दा बढी मत ल्याई संविधान सर्र्वसम्मत नरहेको प्रमाणित गर्ने हिम्मत गर्न नेतृत्वमाथि दबाब छ । राजपाको पदाधिकारी १ सय ३३ सदस्यीय रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्