अनुमति विना औषधी विक्रि वितरण गर्दै निजि औषधी पसलहरु



गिरिराज नेपाली
दाङ १९ , साउन
निजि औषधी पसलहरुले डाक्टरहरुको अनुमति विना नै ह्याभीडोजका औषधीहरु खुल्ला रुपमा विक्रि वितरण गर्ने गरेका छन । निजि औषधी पसलहरुले ह्याभीडोजका औषधी खुल्ला रुपमा विक्रिवितरण गर्ने गरेको खुलासा भएको छ । जसका कारण लागु औषध दुव्र्यसन फैलदै गईरहेको छ । निजि औषधी पसलहरु्ले डाक्टरको सर–सल्लाह विना नै निजि औषधी पसलहरुले वालवालिका किशोरकिशोरी र युवायुवतीहरु लाई खुल्ला रुपमा ह्याभीडोजका ट्याव्लेट गर्ने गरेका छन । जसका कारण वालवालिका , किशोरकिशोरी र युवायुवती दुव्र्यसन तर्फ फस्दै गरेका छन ।

नयाँ जीवन पुनस्थापना केन्द्रले जथाभावी रुपमा औषधी पसलहरुले डाक्टरको अनुमति विना नै ह्याभी औषधीहरु डाक्टर पर्चा वा सल्लाह विना नै विक्रिवितरण गर्ने गरेकाले औषधी नै लागु औषध समस्याको रुपमा देखा परेको जनाएको छ । केन्द्रका अध्यक्ष विक्रम घर्तिले निजि औषधी पसलहरुले खुलला रुपमा ट्याब्लेट औषधीहरु विक्रिवितरण गर्दा औषधी नै लागु औषध बनिरहेको वताए । उनले भने ‘ डाक्टरको कुनै अनुमति विना नै औषधी पसलहरुले ह्याभी औषधी विक्रिवितरण गरिरहेका छन । ’ जसका कारण औषधी नै लागु औषधका रुपमा देखा पर्दै गईरहेको उनले वताए । पुनस्थापना केन्द्रमा आउने अधिकाश प्रयोगकर्ताहरुले निजि औषधी पसलहरु वाट औषधी खरिद गरी सेवन गर्ने गरेको उनको भनाई छ । घर्तिका अनुुसार हाल घोराही बजार क्षेत्रमा करिव २ हजार ट्याब्लेट प्रयोगकर्ता रहेको समेत जानकारी दिए । खुल्ला रुपमा निजि औषधी पसलहरुले ट्याब्लेट विक्रि वितरण गर्दा महिनै पिच्छे ट्याब्लेट प्रयोगकर्ताहरु वृद्धि हुदै गईरहेका वताए । सम्वन्धीत निकायहरुको फितलो अनुगमन र लापरवाहीका कारण निजि औषधी पसलहरुले ह्याभीडोजका औषधीहरु जथाभावी रुपमा विक्रिवितरण गर्दै दुव्र्यसन लाई प्रशय दिईरहेका उनले वताए । औषधी पसलहरुले विना पर्चा सजिलै दिने भएकाले यस्तो समस्या देखा पर्ने गरेका छन ।
उनले भने चोक–चोकका पसलहरु खुल्ला रुपमा ट्याब्लेट प्रयोगकर्ताले त्यस्ता औषधी खरिद गरी प्रयोग गर्ने गरेका छन । तर सम्वन्धीत प्रहरी प्रसासनले त्यस तर्फ कुनै ध्यान पु¥याउन सकेको छैन । जसका कारण दुव्र्यसन न्युनिकरणको साटो अझै विकराल रुप निर्माण गरी रहेको छ । व्राउन सुगर , अफिम , कोनिन चरस भन्दा पनि दाङमा ट्याब्लेटको समस्या वृद्धि हुदै गईरहेको छ । जसका लागि प्रभावकारी अनुगमन र नियन्त्रणको खाँचो रहेको उनले वताए ।

 

त्यस्तै राप्ती उप–क्षेत्रिय अस्पतालका डाक्टर जित नारायण यादवका अनुसार नेपाल सरका गृह मन्त्रालय नार्काेटिक ड्रक्स युनिटले नसाजन्य सेवनका लागि प्रतिवन्ध लगाएतका औषधीहरु लाई जथाभावी रुपमा किनवेच गर्न नपाईने प्रतिवन्ध लगाए पनि निजि औषधी पसलहरुले ति प्रतिवन्धीत औषधीहरु लाई विक्रि वितरण गर्ने गर्दा औषधीको चरम दुरुपयोग भईरहेको वताए । नार्काेटि ड्रस अन्र्तगत सम्वन्धीत डाक्टरको अनुमति विना डाईजिपाम , मर्फिन , कोडिनफसफेट , आप्काडिल , अल्पाजोलम , लोरी ,जोलिया जस्ता औषधीहरु सम्वन्धीत डाक्टरको अनुमतिले मात्रै किनवेच गर्न सकिन्छ । तर जथाभावी रुपमा सिटामोल , जीवनजल जस्तै निजि औषधी पसलहरुले किनवेच गर्दा औषधीहरुको नै दुरुपयोग भई लागु औषधका रुपमा देखा पर्दै गईरहेको छ । उनले भने ‘डाक्टरको अनुमति विना सिपिङ ट्याब्लेट पनि धेरै मात्रामा व्यक्ति लाई खुल्ला रुपमा दिन पाईदैन । ’ त्यो सम्वन्धति निजि औषधी पसलहरुमा लागु हुन सकिएको छैन । जसका कारण लागु औषध दुव्र्यसनमा फसेका व्यक्तिहरु लाई उपचार गर्दा ति औषधीहरु अत्याधिक मात्रामा दिनुपर्ने वाध्यता रहेको उनले वताए । नेपाल सरकारले खुल्ला रुपमा विक्रि वितरण गर्न रोक लगाएतका औषधीहरु निजि औषधी सजिलै सहज रुपमा पाईने गरेको समेत उनले वताए ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा लागु औषध मध्ये ट्याब्लेट पनि एक प्रमुख समस्यामा देखा परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले ट्याब्लेट प्र्रयोगको समस्या पनि उच्च रहेको वताए । सम्वन्धीत डाक्टरको अनुमतिमै सम्वन्धित व्यक्ति लाई उपचारका लागि वैधानिक औषधी पसलहरु वाट विक्रीवितरण गरे त्यो वैधानिक ठहर हुन्छ । तर जथाभावी रुपमा डाक्टरको अनुमति विना नै वेचविखन गरेमा त्यो अवैधानिक ठहर हुन्छ । जुन कानुन विपरित हो । तर दाङमा व्राउन सुगर , कोकिन , चरस , गाँजा जस्ता लागु औषधहरु प्रयोग भईरहे पनि ट्याब्लेटको समस्या पनि उत्तिकै रहेको वताए । सम्वन्धीत डाक्टरको अनुमति विना नै निजि औषधी पसलहरुले त्यस्ता औषधी विक्रिवितरण गरेको पाईएमा कानुनी कार्वाही समेत गर्न सकिने चेतावनी दिए । खुल्ला रुपमा औषधी पसलहरुले त्यस्ता औषधीहरु विक्रि वितरण नगरे पनि लुकाई छिपाई विक्रि वितरण गर्न सक्ने भएकाले प्रहरी प्रसासन त्यस तर्फ सजक रहेको छ । तर कानुन र प्रहरीको आखाँ छलेर त्यस्ता औषधी विक्री हुने भएकाले प्रहरीले त्यस तर्फ असफल बन्न पुगेको उनले वताए । उनले भने औषधीको रुपमा प्रयोग हुने औषधी लाई सही प्रयोग गर्न र गराउन पनि सम्वन्धीत व्यक्तिहरुको कर्तव्य हो । तर पैसाको प्रलोभनका कारण यस्ता समस्या देखा परेकाले प्रहरीले उच्च सर्तकताका साथ अनुगमन र निगरानी जारी रहेको वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्