११ जना डिआइजीहरूलाई एआईजीमा बढुवा कस्कसको नाम पर्यो त



सैघाली खबर,
काठमाडौं, १९ साउन । सरकारले नेपाल प्रहरीका एघार जना अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा सिफारिसमा परेका ११ जना डिआइजीहरूलाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

एआईजीमा बढुवा हुनेमा एक नम्बरमा बमबहादुर भण्डारी रहनु भएको छ । दोस्रो नम्बरमा जयबहादुर चन्द र तेस्रो नम्बरमा देवेन्द्र सुवेदी रहनु भएको छ ।

त्यसैगरी, एआईजीमा बढुवा हुनेहरूमा पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहनु भएको छ ।

डिआईजी नवराज सिलवास भने बढुवा सिफारिसमा पर्नु भएको थिएन । आईजीपी बढुवाका विषयमा डिआईजी सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले तत्कालका लागि सिलवाल बढुवा हुनबाट बञ्चित हुनु भएको स्रोतले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्