सुनचाँदीको भाउ घट्यो



,सैघाली खबर,
काठमाडौं, १९ साउन – सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा झरेको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार १० रुपैयाँ घटेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्