सैघाली खबर,
काठमाडौं,१९ साउन – एमालेको स्थायी कमिटि बैठक आज बिहीबार बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजेपछि बस्ने बैठकले चुनावको मिति घोषणा भएका जिल्लामा जिल्ला समन्वय समितिमा पठाउनेको नाम टुंगो लगाउने एमालेले जनाएको छ ।
प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ ।
पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह चुनावमा पहिलो पार्टी बनेको एमालेले तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को चुनावमा पनि पहिलो पार्टी बन्ने गरी रणनीति तयार गरिएको जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।