मुख्य समाचार

एमालेको स्थायी कमिटि बैठक बस्देै

By थाहा अनलाइन

August 03, 2017

सैघाली खबर, काठमाडौं,१९ साउन – एमालेको स्थायी कमिटि बैठक आज बिहीबार बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजेपछि बस्ने बैठकले चुनावको मिति घोषणा भएका जिल्लामा जिल्ला समन्वय समितिमा पठाउनेको नाम टुंगो लगाउने एमालेले जनाएको छ । प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ ।

पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह चुनावमा पहिलो पार्टी बनेको एमालेले तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को चुनावमा पनि पहिलो पार्टी बन्ने गरी रणनीति तयार गरिएको जनाएको छ ।