डीआईजी नवराज सिलवालको मुद्दामा आज सुनुवाई हुँदै



,सैघाली खबर,
काठमाडौं, १९ साउन । नेपाल प्रहरीको महानिरीक्षकमा बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । आईजीपी बढुवाविरुद्ध असन्तुष्टि व्यक्त गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा आज बृहत् पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासमा उक्त मुद्दाको सुनुवाई तोकिएको छ ।

उक्त मुद्दामा असार १९ गते बृहत् पूर्ण इजलासले सुनुवाइ प्रारम्भ गरेपनि हेर्दाहेर्दैमा आजलाई सारिएको थियो । डीआईजी सिलवालले आईजीपीमा बढुवाका लागि सबैभन्दा योग्य भएको दाबी गर्दै सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । चैतमा दायर गरेको उक्त रिट निवेदनको सुनुवाई पटकपटक सर्दै आएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्