यस्तो छ कपालको चाया हटाउने घरेलु उपाय



नरिवलको तेलमा कपुर मिलाएर कपालको जरासम्म पुग्नेगरी राम्रोसँग मसाज गर्ने । केही दिनमै चाया कम भएको महसुस हुनेछ ।
– तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरको आधा घण्टापछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोरी टाउको बेर्ने । यसो गर्दा कपालको रोमछिद्र खुल्छ । यसो गरेको १५ मिनेटपछि कपाल धुने ।
– चुकन्दरको पातलाई पानीमा उमाल्ने र उमालेको पानीले कपाल धुने ।
– अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाई आधा घण्टापछि पखाल्ने ।
– अमिलो दहीले टाउको धुने गर्नाले समेत चायाको समस्याबाट छुट्कारा मिल्छ ।
– कागतीको रसमा मरिच मिसाउने र कपालको जरामा लगाउने ।
– ग्लिसरिन र गुलाबजल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि धुने ।
– अमिलो दहीमा बेसन मिसाउने र कपालमा लगाई एक घण्टापछि कपाल धुने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्