समाचार

यस्तो छ कपालको चाया हटाउने घरेलु उपाय

By थाहा अनलाइन

August 03, 2017

नरिवलको तेलमा कपुर मिलाएर कपालको जरासम्म पुग्नेगरी राम्रोसँग मसाज गर्ने । केही दिनमै चाया कम भएको महसुस हुनेछ । – तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरको आधा घण्टापछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोरी टाउको बेर्ने । यसो गर्दा कपालको रोमछिद्र खुल्छ । यसो गरेको १५ मिनेटपछि कपाल धुने । – चुकन्दरको पातलाई पानीमा उमाल्ने र उमालेको पानीले कपाल धुने । – अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाई आधा घण्टापछि पखाल्ने । – अमिलो दहीले टाउको धुने गर्नाले समेत चायाको समस्याबाट छुट्कारा मिल्छ । – कागतीको रसमा मरिच मिसाउने र कपालको जरामा लगाउने । – ग्लिसरिन र गुलाबजल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि धुने । – अमिलो दहीमा बेसन मिसाउने र कपालमा लगाई एक घण्टापछि कपाल धुने ।