श्रीङ्खला खतिवडा २०१८ की मिस नेपाल हुन् । उनी बाबा बिरोध खतिवडा र आमा मुनु सिग्देलकी छोरी हुन् ।
उनी इन्जिनियरकी विद्यार्थी पनि हुन् । उनले आफ्नो पढाइ पुलचोक इन्जिनियरिङ कलेजबाट गरेकी हुन् ।
उनका बबुआमा दुबै नेकपाका सांसद हुन् । हालै चीनमा सम्पन्न भएको विश्व सुन्दरी प्रतियोगितामा उनी टप १२ मा पर्न सफल भएकी थिइन । श्रीङ्खला काठमाडौं फर्किए पछि उलाई बधाई दिन एक कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित वधाई कार्यक्रममा उनले विश्व सुन्दरी प्रतियोगिताको अनुभव सुनाएकी थिइन । त्यस्तै सम्पूर्ण नेपालीहरुले आफूलाई गरेको समर्थनप्रति खुशी व्यक्त गरेकी छिन् ।