मुख्य समाचार

उपाधीका लागि पद्मोदय र प्रहरी भिड्ने

By थाहा अनलाइन

August 03, 2017

सैघाली खबर दाङ साउन १९

दाङको तुलसीपुरमा जारी कोकाकोला अन्तरविद्यालय स्तरिय छात्र÷ छात्रा फुटबल प्रतियोगिता २०७४ को छात्र तर्फको उपाधीका लागि पद्मोदय माबि घोराही र मध्यपश्चिम प्रहरी भिड्ने भएका छन । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको विहिबार सम्पन्न सेमिफाइनल खेलमा पव्लिक ज्ञानज्योती स्कुललाई ४ का विरुद्ध ५ गोल अन्तरले ट्राईवेकरमा पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो । त्यस्तै शिखा बोर्डिङ स्कुल तुलसीपुरलाई सुन्यका विरुद्ध ३ गोल अन्तरले पराजीत गरेको पद्मोदयले उपाधी भिडन्तमा प्रहरी संगको भेट पक्का गरेको हो । फाइनल खेल यही २१ सनिबार हुनेभएको छ । जिल्ला फुटबल संघ दाङका अनुसार छात्रा तर्फको फाइनल खेल दिउसो १ बजे देखी सुरु हुनेछ भने छात्र तर्फको फाइनल खेल साढे २ बजे पछी हुनेछ । साउन २१ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायीक विद्यालयका गरी १७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता÷उपविजेता टिम तथा उत्कृट खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैविच संघका अध्यक्ष भुपेन्द्र विक्रम थापा पुकार र महासचिव सुशिल श्रेष्ठले प्रतियोगिताको फाइनल खेलमा उपस्थीतीका लागि खेलप्रेमी, खेलाडी, उद्योगी, व्यापारी, पत्रकार लगाएत सबैमा आग्रह गर्नु भएको छ ।