स्वाइन फ्लु संक्रमण तीव्र, ६ जनाको मृत्यु



सैघाली खबर
काठमाडौं साउन, २०


बुंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ। अन्य केही बिरामी परेका छन्। विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधवारसम्म पोखराका २९ वर्षीय एक पुरुष र ३६ र ४८ वर्षका दुई महिलाको मृत्यु भएको छ। बुधवारसम्म देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएकोमा ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै तीनजना रहेको जानकारी केन्द्रबाट आएको उनले बताए। ‘अहिले पनि केही बिरामी पोखराका क्षेत्रीय, मनिपाल र गण्डकी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन,’ उनले भने, ‘केही बिरामीको पीसीआर परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आएपछि कतिलाई स्वाइनफ्लु लागेको भन्ने यकिन हुन्छ।’ स्वाइनफ्लुको पुष्टी नभएसम्म उपचाररत बिरामीको संख्या भने बताउन नमिल्ने उनले बताए। स्वाइनफ्लु देखिएपछि महानगरमा चार स्वास्थ्यकर्मीको टीम खटाइएको छ। टीमले सचेतनामुलक माइकिङ, पर्चा, पम्प्लेटिङ तथा स्थानीय संचारमाध्ययममा सन्देश प्रकाशन र प्रसारण गर्नेछ। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आईरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। बच्चामा पखाला पनि लाग्न सक्छ। ‘सामान्य रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक रामरिझन यादवले भने, ‘आराम गर्ने, भीडभाडमा नजाने, तातोपानी, झोलिलो र पोसिलो चिज खानुपर्छ।’ च्याप्दै गएमा स्वास्थ्य संस्थामा गएर जचाउनुपर्ने भन्दै उनले मान्छेबाट मान्छेमा सर्न थालेमा जोखिम हुने तर अहिले त्यो अवस्था नआएको बताए।

copy by thahakhaber……………….

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्