युवाहरुले सञ्चालनमा ल्याएको Dream HOstel



 

 

युवाहरुले सञ्चालनमा ल्याएको Dream HOstel
स्वदेशमा रोजगार नपाएर हजारौ नेपाली बिदेशी भुमिमा पसिना बगाईरहेका छन् । बिदेश पलायन हुनेक्रम अझै रोकिएको छैन् । बिदेशमा भने जस्तो काम नपाउदा हजारौ नेपालीहरुले दःख पाईरहेका छन् । यस्तो अबस्थामा राज्य निकायबाट पनि उनीहरुलाई स्वरोजगार बनाउन पहल थालिए पनि प्रभाबकारी भने हुन सकेको छैन् । आम्दानीको स्रोतले भरिपुर्ण रहेका नेपालमै आफ्नो सीप प्रयोग गरेर मनग्य आम्दानी गर्न सकिने अर्थशास्त्रीहरु बताउने गर्छन्, तर युवाहरु बिदेश पलायन रोकिएको छैन् । तर दाङ तुलसीपुरका दुई युवाले स्वदेशमै पसिना बगाएर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने उदेश्य बनाएर ब्यबसाय सञ्चालन गरेका छन् । यहाँका युवा तेज वली र बेदु कडेलले तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँमा ड्रिम होस्टेल सञ्चालनमा ल्याएका छन् । वली होस्टेलका म्यानेजिङ डाईरेक्टर हुन भने कडेल चिफ कोर्डिनेटर हुन् । यसै बिषयमा रहेर पत्रकार दिपक बोहराले होस्टेलका म्यानेजिङ डाईरेक्टर तेज वलीसंग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

होस्टेल सञ्चालमा ल्याउनुको उदेश्य के छ ?
पछिल्लो. समय पहाडी जिल्लाहरु लगायत टाढाटाढाबाट पढ्न तथा जागिरको सिलसिलामा दाङको तलसीपुरमा आउने क्रम बढिरहेको छ । उनीहरुको सेवाका लागि नै हामीले होस्टेल सञ्चालनमा ल्याएका हौं । उनीहरुले कोठा भाडा लिएर बस्दा पैसा धेरै खर्च हुने । तुलसीपुरमा आएर कोठा खोज्नु प¥यो । उनीहरुले भने जस्तो कोठा पाउन पनि गाह्रो, कोठामा आफुलाई आबश्यक अनुसारको सुबिधा पाउन पनि गाह्रो हुन्छ, त्यसमा पनि घरबेटीको किचचिच सहनु पर्ने बाध्यता हुन्छ । यस्तै यस्तै समस्याले बिद्यार्थिहरुको पढ्ने वातावरण खल्बिल्लिन्छ र उनीहरुका र उनका आमा वुवाहरुको सपना पुरा हुन सक्दैन् । होस्टेलमा बस्ने हो भने कोठामा खाना पकाउने , कपडा धुने समय बच्छ र त्यो समयमा अध्ययन गर्न सकिन्छ । बिद्यार्थीहरु पढ्न भनेर लाखौ रकम खर्च गर्ने तर अनाबश्यक बजारमा भौतारिएर हिड्ने गर्दा उनीहरुको भबिष्य अन्यौलमा परेका प्रसस्त उदाहरणहरु पनि छन्, त्यसतो समस्या होस्टेलमा आउदैन् । त्यस्तै कोठामा भन्दा होस्टेलमा सुरक्षाको दृष्टिले पनि उत्तम हुन्छ । त्यसैले बिद्यार्थीहरुको भबिष्य उज्जवल होस, पढ्ने वातावरण सहज होस तथा कर्मचारीहरुलाई कोठाको झण्झटबाट मुक्त बनाउन हामीले होस्टेल सञ्चालनमा ल्याएका हौं । कोठामा बसेर महंगो भाडा तिर्नुपर्ने बाध्यता पनि अन्त्य हुन्छ ।

 

कसलाई लक्षित गरी होस्टेल सञ्चालनमा ल्याउनु भएको हो ?
हामीले टाढा टाढा बाट आएका बिद्यार्थीहरु र बिभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरेका छौं । त्यसमा पनि अपाङ्गग, अशक्त , दलितहरुलाई बिशेष प्राथामिकता दिएका छौं ।
सेवा तथा सुबिधाहरु के के छन् ?
सुबिधा सम्पन्न आवासालयको ब्यबस्था, सुरक्षाको व्यबस्था, २४ अ‍ैं घण्टा होस्टेल वार्डेनको निगरानीमा , स्वस्थ्य पिउने पानी, हप्तामा दुइृ पटक कपडा धुने ब्यबस्था, केटा र केटीको लागि छुट्टै होस्टेलको ब्यबस्था, खेलकुद र मनोरञ्जनको व्यबस्था, महिनामा एक पटक फिल्ड ट्रिपको व्यबस्था, निःशुल्क टिसर्टको व्यबस्था, फ्रि वाईफाईको व्यबस्था, बिद्यार्थी र संस्थागत ब्यक्तिका लागि छुट्टाछुट्टै फ्ल्याटको व्यबस्था, बिभिन्न समयमा बिभिन्न कार्यक्रम गरि सम्मान प्रदान गरिनेलगायतका सुबिधा रहेका छन् । अझै आबश्यकता अनुसार सेवा तथा सुबिधान थप्न सकिन्छ ।

तुलसीपुरमा होस्टेलको माग हो ?
हो । यहाँ बिद्यालयहरुले आफ्नो होस्टेल सञ्चालनमा गरेका छन् । बिद्यार्थीहरुलाई मात्रै होस्टेलमा राख्ने गरेका छन् । उच्च शिक्षाका लागि टाढा टाढा जिल्लाबाट यहाँ आएका अधिकांस बिद्यार्थीहरु कोठा भाडामै बस्दै आएका छन् । सिमिति सीट भएका बिद्यालयका होस्टेलमा ती बिद्यार्थीहरुलाई राख्ने सक्ने क्षमता हुँदैन् । त्यसैले यहाँ होस्टेलको माग हो । र अर्को तर्फ टाढा टाढा बाट जागिरको शिलसिलामा यहाँ आएर कोठा भाडा बस्दै आएका कर्मचारीहरु पनि हुनुुहुन्छ । उहाँहरुको लागि छुट्टै होस्टेल नहुँदा कोठा लिएर बस्न बाध्य हुनुभएको थियो ।

लगानी कति लगाउनु भएको छ ?
हामीले दुई जना साथि मिलेर यो होस्टेल सञ्चालनमा ल्याएका हौं । यो होस्टेल सञ्चालन गर्नका लागि ९÷९ लाख बराबर खर्च भएको छ ।
होस्टेल सञ्चालन अबधारणा कसरी आयो ?
म पढ्न काठमडौमा गएको थियो । त्यतिबेला म काठमडौंको एउटा होस्टेलमा बसे । त्यहाँको होस्टेलमा बस्दा मलाई छुट्टै कोठा लिएर बस्न मन लागेन । सुबिधा युक्त , सहज र पढ्नलाई पनि सहज वातावरण थियो । अनी मैले पनि सोँचे , बिद्यार्थीहरुका लागि कोठा लिएर बस्नु भन्दा होस्टेलमा नै बसेर पढ्नु फाईदा हुने रहेछ । अनी त्यस पछि मैले पनि दाङको तुलसीपुरमा बिद्यार्थीहरुको मागलाई ध्यानमा राखेर होस्टेल सञ्चालन गर्ने अबधारणा अघि बढाएका हौं ।

होस्टेल ब्यबसायले दिगो रुप लिन सक्ला ? कसरी ?
यहाँ प्रभाबकारी रुपमा होस्टेल ब्यबसाय सञ्चालन हुन्छ । यहाँ होस्टेलको सम्भावना राम्रो छ । सबैको साथ र सहयोग हुने हो भने होस्टेल ब्यबसायले दिगो रुप लिन सक्छ । त्यसका लागि खुट्टा तान्ने प्रबृति, अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुन भने जरुरी छ ।

स्वदेशमा रोजगार नापएर पछिल्लो समय युवाहरु बिदेश गईरहेका छन्, उनीहरुलाई के भन्नु हुन्छ ?
नेपालमै आम्दानीका मनग्य स्रोत साधन छन् । यीनैलाई प्रयोग गरेर नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ । बदेशमा गएर अर्काको देशमा पसिना बगाउनु भन्दा नेपालमै पसिना बगाउ । देश बिकास र सम्बृद्धि गर्न युवाहरुले नेपालमै श्रम र पसिना बगाउन जरुरी छ ।

अन्तमा केही भन्नु छ ।
अन्तमा यदि तपाई दाङको तुलसीपुर आएर पढ्दै हुनुहुन्छ वा जागिरको शिलसिलामा हुनुहुन्छ भने कोठा खोजेर भौतारिनु भन्दा होस्टेलमा हामी स्वागत गर्न आतुर छौं । हामीलाई होस्टेल सञ्चालनमा ल्याउनका लागि सल्लाह सुझाब दिनुहुने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्न चहान्छ । र मेरो केही कुरा राख्न दिएकोमा सैघाली खबर परिवारलाई धन्यबाद दिन चहान्छु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्