भान्सा परिकार

चिसो मौसममा यसरी घरमै बनाउनुस् तातो तातो पकौडा

By थाहा अनलाइन

December 16, 2018

पकौडा यस्तो खाजा या परिकार हो जुन एकदम टेस्टी र क्रिस्पी हुन्छ। जुनसुकै मौसममा पनि यसलाई घरमै सहज र छिटो बनाएर खान सकिन्छ।

बिहानको नास्ता हो या दिउँसोको, जतिखेर पनि सजिलै र कम समयमा बनाएर खान सकिने यो परिकारको लागि त्यति धेरै सामग्रीको आवश्यकता पनि पर्दैन।

हामीले कयौँ प्रकारको पकौडा बनाउन सकिन्छ । आज हामी घरमै प्याजको  मिठो, स्वादिष्ट र क्रिस्पी पकौडा बनाउने विधि बताउन गइरहेका छौँ ।

यसका लागि चाहिने सामग्री: लाम्चो आकारमा काटेको प्याज, हरियो धनियाँको पात, काटेको हरियो खुर्सानी, लाम्चो आकारमा काटेको अदुवा, बेसन, बेसार पाउडर, रातो खुर्सानीको धुलो, जीरा, नुन स्वाद अनुसार र तेल ।

सामग्रीको मात्रा: तपाइँले यी चाहिने सामग्रीहरु आफुलाई चाहिने जति र आफ्नो हिसाब अनुसार राख्नुहोस् । किन कि प्याजको मात्रा हेरेर यसमा चाहिने मरमसला वा सामग्रीहरु राख्नु पर्ने हुन्छ।

एउटा बाउलमा काटेको प्याज र अदुवा राख्ने र यी सामग्रीलाई मज्जाले मिसाउने । अब यसमा काटेको धनियाँको पात, काटेको खुर्सानी, बेसन, बेसार, रातो खुर्सानीको धुलो, जीरा, नुन र तेल राखेर यी सम्पूर्ण सामग्रीलाई मज्जाले मिसाउने ।

जब सम्म प्याजमा अन्य सामग्री मिक्स भएर टाँसीदैन तब सम्म मुछ्ने। यदि सामग्रीहरु एकअर्कामा राम्ररी टाँसीएन भने थोरै पानी राखेर मुछ्ने। अब यो किमा अर्थात् मिक्स्चर तयार भइसकेपछी ।

फ्राई गर्ने विधि: एउटा कराईमा आधा या एक लिटर जति तेल तताउने । तेल तातिसकेपछी यसमा अघि तयार पारेको प्याजको मिक्स्चरलाई सानो सानो टुक्रामा राख्ने। पकौडालाई ठुलो टुक्रामा नराख्नु होस् किनकी यो भित्र बाट काँचो रहन सक्छ।

पकौडालाई ठुलो ग्याँस बनाएर पकाउनु पर्ने हुन्छ। अब पकौडा गोल्डेन ब्राउन कलरको भए पछी निकालेर किचेन टावेलमा राख्नु होस् ताकी यसले तेललाई सोसेर सुख्खा होस्। यसरी पकौडा पकाईसकेपछी यसलाई हामी पुदिनाको अचार, गोलभेंडाको अचार या चिया संग पनि खान सकिन्छ।