अमिता चौधरी
दाङ साउन, २०
गएराती देखी परेको वर्षाका कारण दाङको यातायात सेवा प्रभावित वनेको छ । खोलाहरुमा पानीको वहाव बढेपछि घोराही–लमही , घोराही – तुलसीपुर सडक खण्डमा पर्ने खोलाहरुमा बाढी आएपछि यातायातका साधन रोकिएका छन् ।
घोराहीबाट चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु बबई, गुर्जे र ग्वार खोलामा रोकिएको जिल्ला ट्राफिक प्रकारी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ओम प्रसाद वाग्ले जानकारी दिनु भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।