बम टिपेर फाल्ने प्रहरी रानालाई पुरस्कृत



सैघाली खबर
काठमाडौँ साउन, २०

स्थानीय तह निर्वाचनको बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर फालिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई पुरस्कृत गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले उनलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
हबल्दार रानाको उक्त साहासको कदर स्वरुप नेपाल प्रहरीले सहायक निरीक्षकमा बढुवा गरिसकेको छ । कार्यक्रममा मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले रानालाई नगद र प्रमाणपत्र प्रदान गर्नु भयो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासमा बसेर नेपाल प्रहरीको हितमा काम गरेकामा मञ्च र साहास प्रदर्शन गरेकामा रानाको प्रशंसा गर्नु भएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्