मुख्य समाचार

बम टिपेर फाल्ने प्रहरी रानालाई पुरस्कृत

By थाहा अनलाइन

August 04, 2017

सैघाली खबर काठमाडौँ साउन, २०

स्थानीय तह निर्वाचनको बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर फालिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई पुरस्कृत गरिएको छ । प्रहरी प्रधान कार्यालयमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले उनलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको हो । हबल्दार रानाको उक्त साहासको कदर स्वरुप नेपाल प्रहरीले सहायक निरीक्षकमा बढुवा गरिसकेको छ । कार्यक्रममा मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले रानालाई नगद र प्रमाणपत्र प्रदान गर्नु भयो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासमा बसेर नेपाल प्रहरीको हितमा काम गरेकामा मञ्च र साहास प्रदर्शन गरेकामा रानाको प्रशंसा गर्नु भएको थियो ।