विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने कतारको तयारी



सैघाली खबर
 काठमाडौं  साउन,२०


कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नयाँ कानुनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्