घोराही उपमहानगरको जिम्मेवारी बाँडफाँड, कस्ले के जिम्मेवारी पाए ?



सैघाली खवर
दाङ २०, साउन । घोराही उपमहानगरपालिको जिम्मेवारी बाँडफाँड गरिएको छ । उपमहानगरको कार्यपालिका बैठकले उपमहानगरको कामलाई व्यवस्थित गर्न विषयगत रुपमा जिम्मेवारी बाँडफाँड गरेको हो ।

कस्लाई के जिम्मेवारी ?
नगर प्रमुख नरुलाल चौधरी– संयोजक स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समिति
सदस्यहरु ः चित्रकान्त डाँगी, पशुपती चौधरी र जितेन्द्रमान नेपाली, खोपीराम चौधरी, राममणि पाण्डेय, भरतमणि अर्याल, लछिनप्रसाद बुढा, शक्तीराम डाँगी र रमेशकुमार पाण्डेय

उपप्रमुख सीता न्यौपाने– संयोजक राजस्व परामर्श समिति सदस्यहरु ःमानबहादुर बस्नेत र पवित्रा विक

खोपिराम चौधरी–संयोजक सार्वजनिक सेवा तथा क्षमता विकास समिति

राममणि पाण्डे– संयोजक आर्थिक बिकास समिति

भरत अर्याल– प्रवक्ता तथा संयोजक सामाजिक विकास समिति

लछिनप्रसाद बुढा– संयोजक पूर्वाधार बिकास समिति

शक्तिराम डाँगी– संयोजक वातावरण तथा विपद व्यवस्थापन

रामेशकुमार पाण्डे– संयोजक विधेयक समिति

यसैगरी वैठकले नगरको कानुनी सल्लाहकारमा अधिबक्ता भुपबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्