पहिरोले पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता



सैघाली खबर,

२० साउन।बागलुङ– दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालिका वडा नं ५ साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको हो । त्यस्तै पहिरोले स्थानीय होमबहादुर विश्वकर्माको घर पुरिदा ५५ बर्षीय घरधनी विश्वकर्मा बेपत्ता भएका छन् । आज बिहान झण्डै चार बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङको उद्धार टोली अहिले घटनास्थल पुगेको छ । त्यस्तै निसिखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउमा खसेको पहिरोले घर पुर्दा मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् । उता, निसिखोला १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

यसैगरी निसीखोला २ उपल्लो बेग्रेका लालसिँह विकको घर पनि पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउँका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला गाउँपालिका वडा नं– ४ मा रहेको निसिखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्