गृहमन्त्री शर्मा र जापानी राजदुत ओगावाबीच शिष्टचार भेटघाट



सैघाली खबर्,
काठमाण्डौँ २० साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच शिष्टचार भेटघाट भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको शिष्टचार भेटघाटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रसंसा गर्नु भयो ।

गृह मन्त्री शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराउनु भयो ।

उहाँले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगी हात बढाउने अपेक्षा गरेको बताउनु भयो ।

साथै उहाँले लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमान स्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आगमन झनै सहज बनाउने सोच रहेको उल्लेख गर्नु भयो ।
उहाँले मौसमका कारण माघ ७ गते भन्दा पनि मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना रहेको समेत बताउनु भयो ।
त्यसैगरी नेपालका लागि जापानी राजदुत मागासी ओगावाले दोस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिनु भयो ।
जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्द«हरुमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानिय, प्रदेश र प्रतिनिधी सभाका निर्वाचनहरु पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन् शुभकामना दिनु भएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्