राजपा० चुनावमा सहभागी हुन्छ -प्रधानमन्त्री देउवा



सैघाली खबर,
काठमाण्डौ,२० साउन।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी ९राजपा० चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए ।

एक प्रश्नको जवाफमा उनले नेपाली कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए । प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गरे ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गर्नुभयो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट पारे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्