घरमै यसरी बनाउनुहोस स्वादिलो चिकेन चाउमिन



फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ। त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले घरमा नै बनाउन सकिन्छ।

आवश्यक सामग्री: 

-चिकेन चाउमिन नुडल्स
-गोलभेडा
-बोइल गरेर काटेको चिकेन
-लामो गरि काटेको सिमी
-तेल
-बन्दा
-प्याज
-गाजर
-धुलो खुर्सानी
-हरियो खुर्सानी
-नुन र सोया सस आवश्यकता अनुसार अन्य हरियो शब्जीहरु मिसाउन सकिन्छ ।

पकाउने प्रकृया :

– भाँचिएको चाउमिन नुडल्सलाई तातो पानिमा उमालुपर्छ । तर उक्त नुडल्सलाई धेरै पकाउनु हुदैन ।
– उमालेको काँचो पानी फालेर चिसो पानी हाल्ने
– नुडल्स नटाँसियोस् भनेर हल्का तेल राखी मोल्ने
– फ्राइङ प्यानमा तेल तताउने
– काटिएको चिकेन फ्राइ गर्ने
– उमालेको चाउमिन फ्राइ गर्ने
– प्याज, सिमी, गाजर, बन्दा क्रमश राखी फ्राई गर्ने
– हरियो खुर्सानी, रातो खुसार्नी, नुन, गोलभेडा, सोया सस राखि बिस्तारै चलाउने ।

यसरी चिकेन चाउमीन घरमानै तयार गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्