भान्सा परिकार

घरमै यसरी बनाउनुहोस स्वादिलो चिकेन चाउमिन

By थाहा अनलाइन

December 19, 2018

फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ। त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले घरमा नै बनाउन सकिन्छ।

आवश्यक सामग्री: 

-चिकेन चाउमिन नुडल्स -गोलभेडा -बोइल गरेर काटेको चिकेन -लामो गरि काटेको सिमी -तेल -बन्दा -प्याज -गाजर -धुलो खुर्सानी -हरियो खुर्सानी -नुन र सोया सस आवश्यकता अनुसार अन्य हरियो शब्जीहरु मिसाउन सकिन्छ ।

पकाउने प्रकृया :

– भाँचिएको चाउमिन नुडल्सलाई तातो पानिमा उमालुपर्छ । तर उक्त नुडल्सलाई धेरै पकाउनु हुदैन । – उमालेको काँचो पानी फालेर चिसो पानी हाल्ने – नुडल्स नटाँसियोस् भनेर हल्का तेल राखी मोल्ने – फ्राइङ प्यानमा तेल तताउने – काटिएको चिकेन फ्राइ गर्ने – उमालेको चाउमिन फ्राइ गर्ने – प्याज, सिमी, गाजर, बन्दा क्रमश राखी फ्राई गर्ने – हरियो खुर्सानी, रातो खुसार्नी, नुन, गोलभेडा, सोया सस राखि बिस्तारै चलाउने ।

यसरी चिकेन चाउमीन घरमानै तयार गर्न सकिन्छ ।