अपराध

लुटेराले ट्याक्सी चालकको आँखा फुटाएपछि ……

By थाहा अनलाइन

December 19, 2018

मंगलबार मध्यराति ललितपुरमा एकजना ट्याक्सी चालक लुटिएका छन् । पुल्चोकबाट बिरामी रहेको भन्दैअस्पताल जानेभनि राति १ बजे ट्याक्सीमा चढेका दुईजना युवाले चालकमाथि चक्कु प्रहार गरेर नगद ६ हजार र मोवाइल लुटेको ललितपुर प्रहरी परिषरका प्रवक्ता शेखर खनालले जानकारी दिएका छन् ।

चक्कु प्रहारबाट ट्याक्सी चालक सिन्धुपाल्चोक घर भई हाल भैँसेपाटी बस्ने ४२ वर्षका डम्बर खड्काको बाँया आँखा फुट्नुका लागि टाउको र गालामा चोट लागेको उनले बताए । घाइते रहेको उनको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराको आक्रमणपछि घाइते भएका चालक खड्का आफै ट्याक्सी चलाएर प्रहरीचौकी पुगेका थिए । बालकुमारीबाट पाँचसय मिटर पश्चिम पुगेपछि चालकमाथि चक्कु प्रहार भएको खुलेको छ । हालसम्म लुटेर पक्राउ नपरेको र उनीहरुको खोजी भइरहेको प्रवक्ता शेखर खनालले जानकारी दिएका छन् ।