जनतालाई सरसफाई सिकाउनु पर्ने अस्पताल नै फोहोरै फोहोर



सैघाली खवर
दाङ, २० साउन । तुलसीपुरमा संचालन भइरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान ५० औ हप्तामा पुगेको अवसरमा तुलसीपुरमा साताब्यापी सरसफाई अभियान संचालन गरिएको छ । अभियानको चौथो दिन तुलसीपुरका विभिन्न कार्यालय एवं विद्यालयहरुको अनुगमन समेत गरिएको छ । अभियानका क्रममा पटक पटक सरसफाई गरिएको राप्ती अञ्चल अस्पताल परिसरमा अनुगमन टोली पुग्दा अस्तब्यस्त अवस्थामा फोहोर थुप्रिएको पाइएको छ ।


त्यसैगरी अस्पतालको सौचालय फोहोर एवं पानीको ब्यवस्थापन समेत नभएको पाइएको अनुगमनमा सहभागी तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा यसअघि तिन ÷चार पटकसम्म सरसफाई गरिएको थियो । त्यस्तै अनुगमन टोलीले गोरखा बोडिङ , राप्ती बबई क्याम्पस र शसस्त्र प्रहरी बेश क्याम तुलसीपुरमा अनुगमान एवं वृक्षारोपण गरिएको सरसरफाई अभियान संयोजक उद्योग वाणिज्य संघ निर्वतमान अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश संस्थाहरुमा सौचालयहरु फोहोर भएकाले सुधार गर्न सुझाव समेत दिइएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डे सहितको सरसफाई अभियानको टोलीले बबई क्याम्पस, गोरखा र्बाेडिङ र शसस्त्र बेस क्याम्पमा वृक्षारोपन समेत गरिएको तुलसीपुर उद्योग वाणिज्यसंघका प्रेस सल्लाकार शरद रेग्मीले जानकारी दिनुभयो ।
सरसफाई अभियानका संयोजक बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर घनश्याम पाण्डे, राप्ती बबई क्याम्पसका अध्यक्ष गोपिनाथ योगी, गोरखा बोडिङका प्राचार्य विजय जिएम लगाएतले सरसफाई अभियान अरुका लागी नभएर आफ्नै लागी महत्वपूर्ण भएको भन्दै यसले आफ्नो र आफ्ना शहरको सभ्यता समेत प्रर्दशन गर्ने भन्दै सबैले यसमा हातेमालो गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममको संचालन महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्