थाइराइड जाँचमा मनपरी शुल्क



तुलसीराम वली
दाङ २० साउन । दाङको तुलसीपुरमा रहेको राप्ति अञ्चल अस्पतालले थाइराइड जाँचमा धेरै शुल्क लिने गरेको छ । विगत १ वर्षदेखि अञ्चल अस्पतालमा थाइराईड जाँच हुन थालेको र अन्यत्र भन्दा अञ्चल अस्पतालमा धेरै रहेको अस्पतालका प्रमुख विनोद सिङले स्विकारेका छन् । प्रमुख सिङले थाईराईड जाँच गर्ने आईक्रोमा मेसीन वाहिरी देशवाट ल्याएको र त्यसमा प्रयोग गरीने केमीकलहरु महंगो पर्ने भएकाले थाईराईड जाँच शुल्क धेरै रहेको वताए ।

जिल्लाको अन्य स्थानमा ८ सय देखी १५ सय सम्ममा जाँच हुने गरेको भएपनि अञ्चल अस्पतालमा २ हजार २ सय ५० रुपैया लाग्ने गरेको अस्पतालका ल्याव टेक्निसियन उज्वल कुमार पौडेलले वताए । उनले अञ्चल अस्पतालमा अन्य जाँचमा भने केही सस्तो रहेको पनि वताएका छन् । थाईराईड जाँचका लागी आवस्यक क्यमिकलहरु महगो खालको प्रयोग गर्नुपर्ने भएकाले अञ्चल अस्पतालमा महंगो पर्न गएको उनले वताए । जिल्लामा भिटामिन डि को जाँच शुल्क १५ सय सम्म लिने गरेको भएपनि अञ्चल अस्पतालमा भने ८ सय मात्र लाग्ने पौडेलले वताए । विरामीलाई छिटो रिपोर्ट उपलब्ध गराउने उद्धेस्यले नै यो मेसीन ल्याएको र यस्मा प्रयोग हुने क्यमीकल महंगो पर्ने भएकाले शुल्क धेरै ल्याउनु परेको प्रमुख सिङले वताएका छन् ।

जिल्लामा अहिले सम्म कसैले पनि २ घण्टामा रिपोर्ट उपलब्ध नगराउने गरेको तर सस्तोमा चेक हुने भन्दै अञ्चल अस्पतालको वदनाम गर्न खोजीएको शाखा अधिकृत महेन्द्र शर्माले वताए । केहीदिन पहिले सामाजिक सञ्जालमा पनि अञ्चल अस्पतालले महंगो शुल्क लिएको भन्दै व्यापक वनाईएको तर गुणस्तरताको वारेमा नसोचीएको शर्मालेको भनाई छ । कम शुल्कमा जाँच गर्नेहरुवाट रिपोर्ट साटीने, समयमा रिपोर्ट नआउने जस्ता समस्या आउने गरेको ल्याव टेक्निसीयन उज्वल कुमार पौडेलले वताए । जिल्लामा विरामीलाई समयमै रिपोर्ट दिने उद्येस्यले थाईराईड जाँच गर्ने मेसीन अञ्चल अस्पतालमा ल्याईएको र यो मेसीनमा प्रयोग गर्ने क्यमीकलहरु नै महंगो पर्ने भएकाले जाँच शुल्क केही महंगो पर्न गएको र यसलाई केही प्रसेण्ट अस्पतालले व्यहोर्ने गरेर लागत शुल्क भन्दा केही कम शुल्कमा जाँच गर्ने व्यवस्था गर्न पहल भईरहेको मेलानका केन्द्रिय उपाध्यक्ष निम प्रसाद गरीले वताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्