सफ्ट टेनिस एसिया कप खेलमा छनौट भएका खेलाडीलाई विदाई




एच. एन. पाण्डे
दाङ २० साउन । लमहीमा रहेको प्रिन्स इङ्लिस मोडेल स्कुलले यही २० गते शुक्रबारका दिन कोरियामा भदौ ६ गतेदेखि १४ गतेसम्म हुन लागेको पहिलो एसिया कप सफ्ट टेनिस खेल २०१७ का लागि छनौट भएका र छनौट खेलमा सहभागी भएका विद्यार्थी एवम् प्रशिक्षकलाई विद्यालयमा विविध कार्यक्रम सहित स्वागत, सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालको अध्यक्षता तथा विद्यालयको प्रि लेबल शिक्षक अभिभावक समितिका सदस्यद्वय रोमा आचार्य र सुदिर चौधरीको आतिथ्यता तथा विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका एवम् विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका खेल प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडि राजकुमार थापाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौँमा सम्पन्न छनौट खेलमा विद्यार्थीलाई सहभागी गराएका अन्तर्राष्ट्रिय खेलाडि तथा प्रिन्स इङ्लिस मोडेल स्कुलका खेल प्रशिक्षक र सहभागि खेलाडि विद्यार्थीहरू शुभम् खनाल, आस्मा भुषाल, विपिन के.सी र समिर के.सी एवम् कोरियामा हुनलागेको खेलका लागि छनौट भभएका खेलाडि विद्यार्थी सुरज चौधरीलाई सम्पूर्ण शिक्षक शिक्षिकाहरूबाट अभिर टिका र प्रि लेबलको शिक्षक अभिभावक समितिका सदस्यद्वय रोमा आचार्य र सुदिर चौधरीले माला लगाई स्वागत तथा सम्मान गर्नुभएको थियो भने विद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालले खेलाडि विद्यार्थीहरूलाई परिचय पत्र र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष तथा प्रिन्स इङ्लिस मोडेल स्कुलकी भाइस प्रिन्सिपल रोशी खनालले अन्तर्राष्ट्रिय खेल खेल्नका लागि छानियका खेलाडि विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै थप प्रतिस्पर्धाका लागि कोरिया जाने सम्पूर्ण तयारी थालिएको जानकारी दिनुभएको थियो । कार्यक्रको सहजीकरण विद्यालयका शिक्षक ताथ निम्न माध्यमिक तहका इन्चार्ज एच.एन. पाण्डेयले गर्नुभएको थियो । यसैबिच विद्यालयले विद्यालयको नियमित कार्यक्रम अन्तर्गत २० गते शुक्रबारका दिन वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा निर्णायक मण्डलमा विद्यालयका शिक्षक केशर खड्का र विद्यालयकी शिक्षिका तथा प्रि लेबल इन्चार्ज पुनम पौडेल र समय पालकमा आलोक भण्डारी रहनुभएको थियो । कार्यक्रममा सिनियरतर्फ कक्षा ९ मा अध्ययनरत रचना पोख्रेल र कक्षा ८ मा अध्ययनरत दुर्गा खनाल प्रथम, कक्षा ८ की शान्ति पुन द्वितीय र कक्षा ९ की एलिना चौधरी तृतीय भएका छन् । यसैगरी जुनियर तर्फ कक्षा ४ की लक्ष्मी नेपाली र रुपेश पोख्रेल प्रथम र कक्षा ३ की कृतिका विष्ट द्वितीय र कक्षा ३ कै सन्दिप कुमाल तृतीय भएका छन् ।
विद्यालयले सिनियर तर्फ वक्तृत्वकलाको शीर्षक ‘तीज पर्व र यसको महत्त्व’ त्यसैगरी जुनियर तर्फ ‘मेरो विद्यालय’ छनौट गरेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा ई.सि.ए. कोर्डिनेटर महाबीर डाँगीले गर्नुभएको त्यहाबाट विद्यालयका शिक्षक तथा निम्नमाध्यमिक तहका इन्चार्ज एच.एन.पाण्डेयले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्