फिचर

सवारी चालक अनुमति पत्रवाट दोब्बर राजश्व संकलन

By थाहा अनलाइन

August 04, 2017

सरिता चलाउने सल्यान २० साउन ।  सल्यानमा आर्थिक वर्ष २०७३÷०७४ मा सवारी कार्वाहीबाट गत बर्षको भन्दा दोब्बर राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आव ७३÷७४ मा ९ हजार ३ सय ४८ सवारी कार्वाहीबाट ५३ लाख ८२ हजार ५ सय राजस्व संकलन भएको छ । ट्रक १ हजार २ सय ९७, वस ८ सय ६८, जीप तथा कार १ हजार ५ सय १३, मोटरसाईकल ३ हजार ८ सय ९५, ट्याक्टर १ हजार ७ सय ७४ सवारी कार्वाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्वाहीमा परेका अधिकांश सवारी मादक पदार्थ सेवन गरेको, छतमा यात्रु राखेको, ओभरलोड हालेको, सीटवेल्ट हेल्मेट नलगाएको, कागजपत्र साथमा नबोकी सवारी चलाएको, सवारी चालक अनुमति पत्र नभएको लगायतका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जोसप कुमार चौधरीले जानकारी दिए । अघिल्लो बर्षमा २९ लाख ४५ हजार राजस्व संकलन भएको थियो भने यसबर्षमा जरीबाना बढेका कारण पनि यसरी राजस्व बृद्धि भएको चौधरीले बताउनुभयो । कारण त्यस्तै आव ७३÷७४ मा ४६ सवारी दुर्घट्ना भएका छन् । दुर्घट्नामा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ पुरुष, १ जना महिला र २ जना बालबालिको रहेका छन । साभार ः अनलाईन तहल्का