दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावी चहल–पहल सुरु



 गिरिराज नेपाली

दाङ २० , साउन

दाङ जिल्ला उद्योग वाणिज्य संघको यही साउन ३१ हुने नयाँ नेतृत्व चयनको चुनावी चहल–पहल सुरु  भएको छ ।   चुनावी मिति नजिकिए संगै व्यापारीहरुमा चुनावी रौनकता अझै वढ्दै गईरहेका छ । संधै आ–आफ्ना व्यापार – व्यावसायमा व्यस्त व्यावसायीहरु चुनावी मिति नजिकए संगै आ–आफ्ना पक्षका प्रत्यासी लाई जिताउन आन्तरिक भेटघाट गर्न समेत सुरु गर्न थालेका छन ।  भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचन संगै व्यावसायीहरु संघको नयाँ नेतृत्व निर्माणको तयारीमा जुट्न थालेका छन ।  व्यापार क्षेत्रमा साझाँ संस्थाको रुपमा रहेका दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायीहरु अवको नयाँ नेतृत्व चयनका लागि दौडधुपमा व्यस्त  देखिएका छन । संघको नयाँ नेतृत्व  चयनका लागि व्यावसायीहरु निकै उत्साहित वन्दै गईरहेका छन । त्यो उत्साहले आफु लाई पनि छोएको छ । चुनावी चहलपहल संगै ,चार्डपर्वको चहल पहल पनि सुरु भईरहेकाले व्यापारीहरु लाई  व्यापारको चटारेले भन्दा चुनावी चटारोले वढि पाईन्छ  । आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयनका लागि प्रत्यासीहरुले आन्तरिक भेटघाटमा तिव्रता दिदै आईरहेका छन । संघको नयाँ नेतृत्व चयनको दिन आउन अव थोरै दिन मात्रै वाँकी  रहदा संघको नयाँ नेतृत्व पदका  प्रत्यासीहरुले आन्तरिक भेटघाट लाई तिव्रता दिदै आईरहेका छन । ‘ निर्वाचनको मिति आउन १० दिन मात्रै वाँकी छ ।’ तर व्यापारिहरु लाई अझै थप उत्साह र रौनकता थपिदै गईरहेको छ ।  भर्खर स्थानिय तहको निर्वाचन सम्पन्न भई स्थानिय तहले जनप्रतिनिधि पाईसकेको अवस्थामा संघले पनि सक्षम र व्यावसाय विकास प्रेमी नयाँ नेतृत्व पाउने आशा अपेक्षा सहित व्यावसायीहरु संघको नयाँ नेतृत्व  चयनका लागि होडवाजीमा होमिएका छन ।     दाङ जिल्ला उद्योग वाणिज्य संघ जिल्लाको जेठो साझा व्यावसाय संस्था रहेकाले संघको अवको नेतृत्व सक्षम र साझा व्यक्तिको नेतृत्व निर्माण गरिनु पर्ने उनले वताए । लोकतन्त्रको विधि र मान्यतामा रहे संघको नेतृत्व निर्वाचनमुखी नभई सर्वसहमतिको प्रयासले गरिनु पर्ने  उनले  वताए  ।  नेतृत्व निर्माण लाई निर्वाचनमुखी वनाई लैजादा संघ पार्टीमुखी वन्ने भएकाले अवको नेतृत्व निर्माणका सर्व सहमतिको प्रयास समेत थालिन सुरु गरिएको छ ।

छ जना अध्यक्ष  पदको प्रत्यासीमा दौडधुप

दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि छ जना अध्यक्षको प्रत्यासीका  उभिएका छन । संघका उद्योग उपाध्यक्ष खड्ग वहादुर वुढाथोकी ,वाणिज्य उपाध्यक्ष नारायण प्रसाद भुषाल ,  महा–सचिव दिपक सुवेदी , कोषाध्यक्ष मन्जु वज्राचार्य , एमाले निकट  नेपाल राष्ट्रिय वाणिज्य संघका जित वहादुर केसी र  पुर्व उपाध्यक्ष ओविन्द्र महरा अध्यक्षको प्रत्यासीमा देखिएका छन । संघको वर्तमान कार्य समितिका ४ जना अध्यक्षको प्रत्यासीमा उभिएका छन । भने एक जना पुर्व उपाध्यक्ष र अर्का एक जना  एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघका जित वहादुर केसी  रहेका छन । दाङ जिल्ला उद्योग वाण्ढिाज्य संघ लाई व्यापारिकमुखी र व्यापारी लाई उपभोक्ता मुखी वनाउने उद्देश्यले आफ्ना उम्मेद्वारी  रहेको  प्रत्यासीहरुले दावी गरेका छन । दाङ जिल्ला नमुनाा योग्य शहर  निर्माण गरी आर्थिक समृद्धि र औद्योगिक र व्यावसायीक शहरका रुपमा स्थापित गरी दाङ प्रादेशिक राजधानी निर्माणका लागि आधार कोर्ने वताएका छन  ।

कस्ता छन नेतृत्व  दावेदारका एजेण्डा ?

खड्ग वहादुर  वुढाथोकी

  दाङ  जिल्ला लाई पश्चिम नेपालको नमुना योग्य व्यवस्थित औद्योगिक र व्यावसायिक शहरका रुपमा स्थापित गरी दाङको आर्थिक समृद्धिमा सक्षम वनाई दाङ लाई प्रान्तिय राजधानीका निर्माण गर्न आफ्नो उम्मेद्वारी रहेको वताए । लामो समय देखी जिल्लामा विभिन्न व्यापार व्यावसय संञ्चालन गर्दै व्यावसायी विका र प्रर्वद्धनका कार्य गर्दै  व्यावसायी हकहित लाई सुरक्षित गरी व्यावसाय लाई उपभोक्ता मुखी वनाउने आफ्नो उम्मेद्वारीका रुपमा उभिएको उनले वताए । दाङमा पछिल्लो समय व्यावसायीहरु माथि विभिन्न किसिमका घटनाहरु भईरहेकाले व्यापारीहरुले  सुरक्षा अनुभुती गर्न नपाएकाले व्यावसायीक सुरक्षा र व्यापारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न । दाङ जिल्ला उद्योगा वाणिज्य संघ विगत देखी वर्तमान सम्म विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय वन्दै सामाजिक विकासमा योगदान पु¥याउदै आईरहेकाले सामाजिक योगदानमा समेत संघ लाई समर्पित गराउदै लैजान आफ्नो उम्मेद्वारी  परेको वताए । लामो समय देखी संघको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आईरहेकाले सफल नेतृत्वकर्मिका हैसियतले पनि आफ्नो उम्मेद्वारी रहेको वताए ।

 

 

 नारायण प्रसाद भुषाल 

दाङ लाई औद्योगिक क्षेत्र शहरका रुपमा विकास गरी  हरेक रोजगारको अवसर सिर्जना गरी दाङ आर्थिक सक्षम र समृद्धि  दाङका रुपमा विकास गर्नका आफ्नो उम्मेद्वारी रहेका वताए । हरेक व्यावसाय लाई मर्यादित , सुरक्षित र उपभोक्तामुखी आत्मनिर्भर व्यावसाय विकास गरी जिल्लामा नयाँ र आधुनिक औद्योगिक विकास र व्यावसाय थप गरी दाङ पर्यटक औद्योगिक र क्षेत्रमा निर्माण गर्न आफ्नो उम्मेद्वारी रहेका वताए ।

साथै प्राकृतिक क्षेत्रको सम्भावना वोेकेको दाङ प्रदेश न. ६ र ७ को पनि व्यापारिक पर्यटकिय प्रवेश द्धाराको रुपमा विकास गरी दाङ लाई   व्यापारिक थलोका रुपमा विकास गर्ने लक्ष्य रहेका वताए । साथैं प्रदेश राजधानी निर्माणका लागि आधारभुत औद्योगिक संरचनाहरु निर्माण गरी आधार तयार गर्ने रहेको वताए ।

 

दिपक सुवेदी   

दाङ जिल्ला उद्योगा वाणिज्य संघ लाई साझाँ संस्थाको रुपमा विकास गरी व्यावसायिक एकता र विकासका लागि आफ्नो उम्मेद्वारी  रहेको वताए ।  समस्या वाट ग्रसित व्यावसायीहरुको समस्या समाधान र सुरक्षाका लागि आफ्नो उम्मेद्वारी रहेको वताए  । लामो समय देखी व्यावसीयक विकासमा काम गर्दै आईरहेकाले व्यावसायिक  सुर्क्षा र प्रर्वद्धनका लागि आफ्नो उम्मेद्वारी रहेको वताए । साथै दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङ प्रादेशिक राजधानी निर्माणका लागि विगत देखी नै लागिरहेकाले दाङ लाई प्रादेशिक राजधानी निर्माणका लागि पहल गर्न आफ्नो उम्मेद्वारी रहेकेो वताए  ।

मन्जु वज्राचार्य 

दाङ लाई औद्योगिक हवको  रुपमा विकास गरी दाङको आर्थिक क्षेत्र लाई सुधार गरी हरेक व्यक्ति लाई  रोजगारको अवसर सिर्जना गर्न आफ्नो उम्मेद्वारी रहेको वताईन ।साथै व्यावसियक सुरक्षा र विकास लाई व्यावसायीहरु अनुभुत गर्ने गरी निर्माण गर्नका लागि आफ्नो  लक्ष्य रहेको वताईन । सार्थै दाङको सुन्दरता लाई औद्योगिक क्षेत्र संग विकास गरी पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि तर्फ उन्मुख गराउन आफ्नो उम्मेद्वारी रहेको वताईन ।   साथै लामो समय देखी व्यावसायिक विकास र सरक्षणका लागि काम गर्दै  आईरहेकाले लामो अनुभव      लाई व्यावसायिक विकासमा खर्चिन उम्मेद्वारी रहेको वताईन ।

 

 

 

 

ओविन्द्र महरा  

राज्यको अव्यावहारीक निति नियमले ग्रसित व्यावसाय र व्यापारीहरुको समस्या लाई समाधान गरी स्वच्छ र सहज व्यापारिक क्षेत्रको निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेका वताए ।दाङ अन्य क्षेत्रमा विकासित वन्दै गईरहे पनि औद्योगिक  विकासमा खाँसै प्रगती गर्न नसकेकाले दाङको व्यावसाय विकासका लागि आफ्नो उम्मेद्वारी रहेको वताए । दाङको औद्योगिक क्षेत्रको विकास गर्दै  दाङ आर्थिक क्षेत्रमा आत्मनिर्भर वनाउने आफ्नो उम्मेद्वारी  रहेको वताए ।

 

 

जित वहादुर केसी 

शशस्त्र द्वन्द्वले ग्रसित क्षेत्र मध्ये दाङ पनि एक ग्रंसित जिल्ला हो ।  द्वन्द्व पछि नेपालका अन्य क्षेत्र क्रमिक रुपमा औद्योगिक   उन्मुख वन्दै गए, तर दाङ सिमित सिमेन्ट उद्योग स्थापना वाहेक अन्य उद्योगहरु स्थापना हुन सकेन ।  जसका कारण दाङ आर्थिक रुपमा अझै सक्षम वन्न नसकेकाले दाङ लाई आधुनिक औद्योगिक क्षेत्रका रुपमा विकास गरी आर्थिक रुपमा सक्षम र सवल गराउन आफ्जनो उम्मेद्वारी रहेको वताए  । साथै दाङ लाई नेपालको नमुना योग्य औद्योगिक शहरका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेका वताए । साथै व्यावसयिक एकता  , सुरक्षित , मर्यादित र  उपभोक्तामुखी व्यावसाय निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्