बाफ रे ! अब कन्डोम पनि अचार फ्लेवरमा



एउटा भारतीय कम्पनीले अचार फ्लेवरमा कन्डोम बजारमा ल्याएको छ । फ्लेवर्ड कन्डोमको सिरिजमा, मैनफोर्सको तर्फबाट सार्वजनिक यो नयाँ उत्पादनले ग्राहकलाई आकर्षित गर्ने नयाँ तरिका प्रयोग गरेको अनुमान गरिएको छ।
यसअघि एउटा अर्को कम्पनी ड्युरेक्सले बैगुन फ्लेवरवाला कन्डोम बजारमा ल्याइसकेको छ। यो कम्पनीले स्ट्रेवरी र केराजस्ता र पारम्परिक फ्लेवरमा पनि कन्डोम प्रस्तुत गरिसकेको छ। तर, अचार पूर्वी संस्कृतिमा खानपानको एउटा महत्वपूर्ण हिस्सा हो । अलग अलग क्षेत्रमा अलग विशेषता भएका अचार बनाइने गर्दछ । त्यसैले यसलाई आमरुपमा रोमान्ससँग जोडेर हेरिँदैन ।
त्यसैले सामाजिक सञ्जालमा निकैले आफ्नो प्रतिक्रिया जनाएका छन् । अचारी फ्लेवरवाला कन्डोममाथि ठट्टा गर्दै ट्वीटर प्रयोगकर्ता जिव्याले लेखेका छन्–मैनफोर्स कन्डोमको एउटा नयाँ फ्लेवरका साथ बजारमा उतारेको छ, अचारी । मैनफोर्स तिमी को हौ, हाम्रा हजुरआमा ?

एक अर्का ट्वीटर प्रयोगकर्ता काजोल श्रीनिवासनले चर्चित भारतीय शेफ संजीव कपुरको खाना बनाउँदै गरेको तस्वीर पोष्ट गर्दै लेखेका छन्–र, यसबीच, मैनफोर्स कन्डोमको रिसर्च एण्ड डेभलपमेन्ट प्रयोगशालाको दृष्य।
त के भारत साँच्चिकै अचार फ्लेवरवाला कन्डोमका लागि तयार छ ?

बजारमा सफल हुनेछ प्रयोग
‘ग्रे एड एजेन्सी’ का प्रमुख अधिकारी सुनिल लूलाले बीबीसीसँग भने–यस्तो मार्केटिङ प्रयासहरुबाट कम्पनी आफूतिर ध्यान आकर्षित गर्न चाहन्छन् र यो त मात्र कम्पनीले नै बताउन सक्छ कि यस्ता प्रयासबाट उत्पादनको विक्रीमा कस्तो प्रभाव रहन्छ ।
उनी भन्छन्–यदि यो प्रयास भारतमा यौन अनुभवलाई व्यापकता बनाउछ र सुरक्षित यौन सम्बन्धका विषयमा हुने कुराकानीलाई बढावा दिन्छ भने यस्ता प्रयासको सराहना गर्नुपर्छ ।
यता पत्रकार राज्यश्री सेनले बीबीसीसँग कुरा गर्दै भनिन्–मलाई लाग्छ कि मैनफोर्सले यो क्याम्पेनलाई निकै समझदारीका साथ सार्वजनिक गरेको छ।यसले बताउँछ कि कम्पनी आफ्नो ग्राहकलाई बुझ्दछ । उनका अनुसार यस्तो लाग्दैन कि यो अभियान उच्च वर्गलाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो ।


उनी भन्छिन्–सबैभन्दा ठुलो प्रश्न यो हो कि कम्पनी कुन अचारको कुरा गरिरहेको छ ? कागती या खुर्सानीको अचार ? र, यो कम्पनी उक्त फ्लेवर कसरी जान्दछ, जुन भारतीयहरुलाई मनपर्छ । के यो कम्पनीले यहाँसम्म सोचेको छ ?
सेन भन्छिन्–व्यक्तिगत रुपमा भन्ने हो भने म कहिले पनि फ्लेवरवाला कन्डोम प्रयोग गर्ने विषयमा सोच्ने छैन । तर, मलाई लाग्छ कि केही भागमा जस्तो कि दिल्लीका विद्यार्थीबीच यसले आफ्नो स्थान बनाउन सक्छ ।
उनी भन्छिन्–मे बस यो आशा गर्दछु कि यसबाट सिरकाको प्रयोग नहोस्, किनभने यसका कारण अरु समस्या सिर्जना हुनेछ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्