भरतपुर १९ मा पुनः मतदान हुँदा रेणुलाई कति मत फाइदा ? वडा नं. २० ले फैसला गर्ने



काठमाडौं, २१साउन —भरतपुर वडा नम्बर १९ मा हिजो भएको मतदानको मतगणना सकिएको छ। वडा नम्बर १९ को मतगणना सम्पन्न हुँदा समेत एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता २२१ छ।

ज्ञवालीले ४१ हजार ९४६ र काग्रेस र माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन्।

रेणुलाई कति मत फाइदा ?

वडा नम्बर १९ मा पुनः मतदान हुँदा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई करिब ५ सय मत फाइदा भएको छ।

वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो। १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। त्यति नै बेला मतपत्र च्यातियो र मतगणना स्थगित भयो।

शुक्रबार पुनः मतदानपछि वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ।

वडा नम्बर २० ले फैसला गर्ने

अब भरतपुर महानगरपालिकाको मेयर को बन्ने भन्ने फैसला भने वडा नम्बर २० को मतगणनाले गर्नेछ। यहाँ गत वैशाख महिनामै निर्वाचन भएको हो। वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको छ। यति मतमध्ये सदर भएका मतबाट रेणुले २२१ भन्दा बढी मत ल्याउन सके मात्र देवी ज्ञवालीको पराजय हुनसक्‍छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्