दाङवाट समाज सेवाको ज्ञान लिएर फर्किए काठमाडौका विद्यार्थी



सैघाली खवर

दाङ २१ साउन । काठमाण्डाँै युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (केयुएसओएम) मा विविए दोस्रो वर्षमा अध्यनरत केहि विद्यार्थीको पछाडि परेको समाज र बर्गको क्षेत्रमा काम गर्ने ईच्छा छ तर कशरी गर्ने भन्ने आइडिया भएन । त्यहि ईच्छाले कुतकुत्याएर उनीहरु दाङ आए ।
जहाँ ईच्छा त्यहाँ उपाए भने झै यसमा सहयोग ग¥यो जनउत्थान समाज विकास केन्द्र घोराहीले ।

व्यवस्थापन तह अध्यन गर्ने उनीहरु जागरिसँगै समाज सेवा पनि गर्ने चाहन्छन् । त्यसैले काठमाण्डाँै युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट )केयुएसओएम) मा विविए दोस्रो वर्षमा अध्यनरत छात्राहरु ईसा ऐर, सुविना तुलाधर, अंशु पौड्याल, निष्ठा गौतम, उन्नति शाक्य दाङ आएर जनउत्थान समाज विकाश केन्द्र र यहाँ कार्यरत कर्मचारीको सहयोगमा जिल्लाका विभिन्न स्थानमा घुमे । त्यहाँको समाज, उनीहरुको आवश्यकता र चाहना बुझे र स्थानीयस्तरमा काम गर्ने तरिका पनि सिके ।
गएको असार १९ गते दाङ आएका उनीहरु एक महिनासम्म खानेपानी नपुगेका दुर्गम वस्तिदेखि सरसफाईमा पछाडि रहेका गाउँहरुमा पुगे र त्यहाँका बासिन्दालाई यसवारे जानकारी गराए । विपन्न वस्तिमा गएर व्यवसाय र अर्थोपार्जनका बारेमा सिकाए ।

‘व्यक्तिगत रुपमा होस वा जागिर खाने शिलशिलामा सरकारी गैरसरकारी कम्पनि र संस्थाहरु पछिल्लो समय समाज सेवामा लागेका छन उनीहरुले भने, ‘भोलि आफूले कुनै समाज सेवा गर्दा होस वा निजी र सरकारी कम्पनीमा काम गर्दा होस समाज सेवा गरेर देखाउने इच्छा छ ।’
आफूहरुले जनउत्थान समाज विकास केन्द्रले समुदायमा गरिरहेको कामको अध्यन गर्नुका साथै स्थानीय जनताका समस्या र उनीहरुसँग काम गर्ने तरिकावारे सिकेको ईसा ऐरले जानकारी दिइन ।
उनीहरुसँगै आएका सुविना तुलाधरले यस पटकको दाङ बसाईवाट गाउँ समाज बुझने मौका पाउनुका साथै स्थानीय गाउँघरका समस्या बुझन पाएकोमा गर्व गरिन् ।
सामाजिक सेवाको अनुभव, गैरसरकारी संस्थाले कशरी काम गर्छ ? भन्ने जस्ता कुरा सिक्न र सामाजिक उत्तरदायित्व बारे जानकारी लिन दाङ आएको अंशु पौडेलको भनाई छ ।

अध्यन पश्चात सामाजिक उत्तरदायित्व बुझने र गाउँका समस्याहरु बुझने मौका मिल्यो साथै समुदायका समस्या बुझने र कशरी सहयोग गर्न सकिन्छ भनेर जान्ने अवसर प्राप्त भयो यसका लागि जनउत्थान समाज विकाश केन्द्र र यहाँका कर्मचारी प्रति आभारी छाँै, उन्नित साक्यले भनिन् ।
उनीहरुले जनउत्थान समाज विकास केन्द्रसँग समुदायमा काम गर्ने तरिका, समुदायका समस्या जस्ता विषयमा जानकारी लिनुका साथै समुदायमा काम गर्दा आइपर्ने अप्ठ्याराका बारेमा बुझे ।

उनीहरुलाई एक महिनासम्म आफ्ना अनुभव साट् पाएकोमा जनउत्थान समाज विकास केन्द्रका अध्यक्ष बलिभद्र रानाले गौरव गर्नु भयो । उनीहरुको एक महिने बसाईपछि विदाई गर्दै रानाले समाज सेवा आफ्नो पनि रुचि भएको भन्दै आफूले र आफ्नो संस्था तथा कर्मचारीले गरेको काम अवलोकन गर्नुका साथै केहि भए पनि ज्ञान दिन पाएकोमा खुसी व्यक्ति गर्दै कलेज र सम्पूर्ण टिमलाई धन्यवाद पनि दिनुभयो ।
यसैगरी सिक्ने र बुझन अवसर दिएकोमा सम्पूर्ण विद्यार्थीहरुले जनउत्थान समाज विकास केन्द्र, यसका अध्यक्ष वलिभद्र राना र सम्पूर्ण कर्मचारी परिवारलाई आफ्नो तर्फ र कलेजका तर्फवाट धन्यवाद दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्