सुचना प्रविधि

३ महान वैज्ञानिकको जन्म र मृत्युको आश्चर्यजनक संयोग

By थाहा अनलाइन

December 23, 2018

एजेन्सी। यस वर्षको १४ मार्चका दिन महान वैज्ञानिक स्टेफल हकिङको ७६ वर्षको उमेरमा निधन भयो । उनको जन्म र मृत्युमा निकै आश्चर्यजनक संयोग बनेको छ जसले धेरैलाई चकित पारिदिएको छ ।

१४ मार्चका दिन संसारका दुई महान वैज्ञानिकको जन्म र मृत्युको अनौठो संयोग जोडिएको छ । स्टेफन हकिङको मृत्यु भएकै दिन मार्च १४ मा महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो । आइन्सटाइनको जन्म १४ मार्च १८७९ मा भएको थियो । यी दुई वैज्ञानिकको उमेरमा पनि अनौठो संयोग परेको छ । आइन्सटाइनको मृत्यु ७६ वर्षको उमेरमा भएकोमा हकिङको मृत्यु पनि ७६ वर्षकै उमेरमा भयो ।

यतिमात्र होइन यो संयोगमा अर्का महान वैज्ञानिक पनि जोडिएका छन् । महान वैज्ञानिक ग्यालिलियोको मृत्यु भएकै दिन हकिङको जन्म भएको थियो । ग्यालिलियोको मृत्यु ८ जनवरी १६४२ मा भएको थियो । यसको ठिक ३०० वर्षपछि ८ जनवरी १९४२ मा हकिङको जन्म भयो । हकिङको जन्म र मृत्युको मिति संसारका दुई ठूला वैज्ञानिकसँग जोडिएको अनौठो संयोगले धेरै चकित परेका छन् । हकिङको जन्म ग्यालिलियोको मृत्यु भएकै मितिमा भएको थियो भने हकिङको मृत्यु भएकै मितिमा आइन्स्टाइन जन्मिएका थिए ।