धुर्मुश सहित थुप्रै कलाकारहरु दाङ आउदै



शरद रेग्मी
तुलसीपुर २१ साउन । ्दाङको तुलसीपुरमा संचालन भईरहको क्लिन तुलसीपुर ग्रिन तुलसीपु्र अभियानले संचालन गरेको साता ब्यापी सरसफाई अभियानको समापनका अवसरमा राष्ट्रका ख्याति प्राप्त कलाकारहरु आउने भएका छन ।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपु्र उपमहानगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएको क्लिन तुलसीपुर सरसफाई अभियान ५० औ हप्ता पुगेको अवसरमा आयोजित सप्ताह ब्यापी सरसफाई अभियान समापन तथा स्थानिय तहलाई हस्तान्तरण गर्न नेपाल सरकारका सरसफाई दुत समेत रहेका सिताराम कट्टेल (धुर्मुश) साउन २५ गते बुधवार तुलसीपुर आउन लाग्नु भएको हो ।
उहाँसंगै अन्य कलाकार सुरविर पण्डित, पलपसा डंगोल, राजु अधिकारी र कमल गाउँले दाङको तुलसीपुर आउने कार्यक्रम तय भएको सरसफाई अभियानका संयोजक बिमल रिजालले जानकारी दिनुभयो । बुधवार विहान ६ ः३० बजेदेखी तुलसीपुरको वि.पी चोकमा हुन लागेको कार्यक्रममा सरसफाई सम्बन्धि सांस्कृतीक कार्यक्रममा उपस्थितीका लागी संयोजक रिजालले सबैमा आग्रह समेत गर्नुभएको छ ।
यस क्षेत्रका दर्जनौ सामाजिक संघसंस्थाहरु, राजनितिक दल, सुरक्षा निकाय, संचारकर्मी एवं आम जनताहरुको प्रत्यक्ष सहभागीतामा संचालन भईरहको क्लिन तुलसीपु्र ग्रिन तुलसीपुर अभियान जनप्रतिनिधीहरु निर्वाचित भईसकेको अवस्थामा स्थानिय तहलाई हस्तान्तरण गर्न लागीएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले जानकारी दिनु भयो ।

उहाँका अनुसार यो अभियान हस्तान्तरण भएपनि संघको सहभागीता र सहयोग सधै रहिरहने अध्यक्ष रावतले जानकारी दिनुभयो । यस क्षेत्रका जनताले गरेको सहयोग र सहभागीतालाई वाणिज्यसंघले महत्वपूर्ण रुपमा लिएको भन्दै सरसफाई अभियान नरोकिन समेत प्रस्ट पार्नुभयो । यसको मोडेल परिर्वतन हुन सक्छ तर यो अभियान रोकिन्न अध्यक्ष रावतको भनाई रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्