सुचना प्रविधि

फेसबुक ह्याकिङ्ग हुनबाट यसरी जोगाउँनुहोस्

By थाहा अनलाइन

December 23, 2018

कसैले चाहदैन आफनो फेसबुक प्रोफाइल कसैले ह्याक गरोस तर हामीबाट कहिले काही जानी नजानी यस्तो गल्ति हुन्छ जसले गर्दा हाम्रो फेसबुक ह्याक हुन जान्छ ।

हैकिंग बाट बच्न केहि कुराको ध्यान दिनु आवश्यक छ । जसले तपाईको फेसबुक प्राफाइललाई सुरक्षित गर्नमा मद्धत गर्छ । यो अरु केहि हैन तपाईको फेसबुकमा दिएको जानकारी मात्र हो जसलाई तपाईले ध्यान दिएर फ्ल्वो गर्नु पर्छ ।

ईमेल आईडी आफनो फेसबुक अकाउन्टको लागि छुट्टै इमेल आइडिको प्रयोग गर्नुहोस । यो इमेल आइडिलाई आफनो फेसबुकको अकाउन्टमा नराख्नुहो्स । इमेल आइडिले फेसबुक ह्याक गर्न एकदमै सजिलो हुन्छ यसैको फाइदा ह्याकर्सहरुले लिन्छन ।

सिक्योरिटी प्रश्न फेसबुक अकाउंट बनाउने समयमा तपाईसंग एउटा सिक्योरिटीका लागि प्रश्न सोधिने गर्छ , पासवर्ड बिर्सीएको समयमा वा अन्य सेटिंग्सको समयमा तपाईसंग सोधिने गरिन्छ । आफनो अकाउंट सुरक्षित बनाउनका लागि यसको प्रश्न र उत्तरलाई कठिन बनाउनुहोस ताकि तपाई बाहेक अरुले दिन नसकुन र तपाईको अकान्टबाट पनि यसको उत्तर खोज्न नमिलोस ।

अकाउंट रिकवर गर्ने तपाई आफनो साथिहरुको माध्यमले आफनो अकाउन्ट रिकवर गर्न सक्नुहुन्छ । यसको लागि तपाईको पासवर्ड तपाईका ३ जना साथिहरुलाई पठाइन्छ जसलाई तपाईले रोज्नुहुन्छ । यसपछि आफनो अकाउन्टलाई प्रोटेक्ट गर्न आफनो ति ३ जना साथिहरुको मद्धतले अकाउंटलाई एक्सेस गर्न सक्नुहुन्छ ।

पासवर्ड परिवर्तन गरिरहनुहोस आफनो अकाउन्टलाई सुरक्षित राख्नका लागि आफनो फेसबुक अकाउंटको पासवर्ड परिवर्तन गरिरहनुहोस थोरै झन्झटिलो लाग्न सक्छ तर ह्यार्कसबाट बच्न यो राम्रो उपाय हो ।