मगर सघंको छैठौ अधिबेशन सम्पन्न



समिक्षा गाहा
दाङ,२१ साउन,


मगर जातीको परम्परा ,सस्कुती र रहनसहनलाइ बचाइ राख्नका लागी हामी छहरीएर रहेका मगर समुदायहरु एकढिक्का भएर लाग्नु जरुरी छ।
हामी अरुको देखासीकी गरेर होइन की आफ्नो पुरानो बाउ बाजेको पाला देखीको रहन सहन सस्कृतीको जर्गनामा लाग्नु पर्नैमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन।

पछिल्लो समयमा आउदा आफ्नो सस्कृतीको भेषभुषा लगाउने प्रचलन बढेता पनि ,भाषामा भने धेरै मगर समुुुुदायका मानीसहरु पछि परेको र यसलाइ अबको दिनमा जर्गैना गर्नु पर्र्नै कुरामा समेत जोड दिएका थिए।
नेपाल मगर सघं तुलसीपुर उपमहानगरपालीकाको छैठौ अधिबेशन तथा बिबिध सास्कुतिक कार्यक्रम तुलसीपुरमा आज सम्पन्न भएको छ।गुरु प्रसाद घर्ती मगरको प्रमुख आतिथ्यता एबम बिशिष्ट अतिथी द्धवय चन्द्र ज्योती बुढा मगर र तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डे रहनु भएको थियो।

नेपाल मगर सघं तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो । उक्त   अबसरमा नन्दराम राना मगर, कमानशिङ रोका मगर,बलिभद्र कुसारी मगर ,हर्क ब. गाहा मगर,श्याम राना मगर,नैनशिङ बाठा मगर,बिजयमान घर्ती आदीले मन्तव्य राख्नु भएको थियो।
बिशिष्ट अतिथी समेत रहनु भएका तुलसीपुर उपमहानगरपालीकाका मेयर पाण्डेले यस मगर समुदायले आफ्नो सस्कृती र रहनसहनको जर्गना गर्नु पर्नै र यस तुलसीपुर उपमहानगरपालीकाको तर्फ बाट सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

यो रहन सहन , चालचलन रितीरीवाज सब नेपाल सग जोडीएकाले यो बिना नेपाल अपुरो हुने बिचार  ब्यक्त गरेका थिए।साथै उनले तुलसीपुरमा चलीरहेको तुलसीपुरलाइ हराबरा बनाउने उद्देश्यले शुरु गरीएको बृक्षारोपण कार्यक्रममा मगर सघंले पनि सहयोग गर्नै अपेक्षा गरेका थिए।
उक्त  अबसरमा मगर समुदायमा लोपहुने अबस्थामा पुगेको भुमी नाच, कोैरा नाच, शालैजो भाका जस्ता भाकामा नृत्य प्रशतुत गरीएको थियो।

युवा उघमीं ब्यबसायी मोहन घर्ती मगरले कार्यक्रमको संयोजन गरेका थिए। उक्त

कार्यक्रममा दाङ जिल्लामा छहरीएर रहेका सम्पुर्ण मगर समुदायको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा केन्द्रिय कलाकार गायीका जुना शीश्र मगर, अजना सारु मगर, गायक नन्द घर्ती मगर,देबिराम राना मयर,र स्थानीय कलाकार एच आर मगर, बिन्दु मगर आदी कलाकारले आफ्नो प्रशतुती राखेका थिए। सो अबसरमा मगर जातीमा सम्मानको रुपमा लिइने पगढी गुठीएर प्रमुख अतिथी गुरु प्रशाद घर्ती र बिशिष्ट अतिथी द्धवय तुलसीपुर उपमहानगर पालीकाक नबप्रतिनीधि घनश्याम पाण्डे ,र चन्द्रज्योती बुढामगर लाइ समेत सम्मान गरीएको थियो।

उक्त अबसरमा केन्द्रिय कलाकारहरु लाइ पगढी गुठिएर सम्मान पनि गरीएको थियो। तुलसीपुरका गुम्बा उपासुको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण राजकुमार घर्ती मगरले गर्नु भएको हा।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्